नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

तानातान, हानाहान, किनबेच : उफ् राजनिती

Posted by नेपाली मुटु on July 22, 2010

राजनितीको एउटा अचम्मको रुप देख्न पाइयो । सहमतीको रटान लाएर नथाक्ने ठुला दलहरुले प्रधानमन्त्रीको दाबेदारी गर्दै हुने सम्म गरे । यसलाई लोकतान्त्रिक परिपाटी हो भनेर मान्न पनि सकिएला । तर हिजो जे जे नाटकहरु मञ्चन भए के यही हो लोकतन्त्र ? यदि हो भने हाम्रो लागि लोकतन्त्र सहि छैन । तपाईले पनि त थाहा पाउँनु भयो होला नि, आज के भयो ? मलाई चै पटक्कै राम्रो लागेन । यसो भन्दैमा फेरि केहि राम्रा कुराहरु पनि देखिए । यसलाई भने म सकारात्मक नै मान्छु । आज दलहरु मेरो नजरमा :

एकिकृत नेकपा (माओवादी)
संविधानसभाको सबै भन्दा ठुलो दल भएर पनि आफ्नो पक्षमा सहमती बनाउँन नसक्नु माओवादीको कमजोरी हो । कांग्रेसलाई तह लगाउँन नै भनेर प्रगतीशिल गठबन्धनको कुरा उठाए पनि त्यसले अहिलेसम्म सार्थकता पाएको छैन । आफु नभए झलनाथलाई समर्थन गर्ने यसको निर्णयले भोलीका दिनमा एमालेसँग सहमती गर्न बाटो खोल्ने पक्का छ । ठुलो छाती देखाएर आफैमा अनिर्णित एमालेलाई समर्थन गर्ने माओवादीको यो कदम पक्कै पनि राजनितीक गाँठो फुकाउँन सहयोगी हुनेछ ।

नेपाली कांग्रेस
लोकतन्त्रको ठेकेदार आफुलाई मात्रै ठान्ने अनि लोकतन्त्रका खराबीलाई मात्रै अपनाइ रहेको नेपाली कांग्रेसले लोकतन्त्रको हवाला दिदै निशेद्यित राजनिती कायम राख्यो । सहयात्री दलहरुलाई एकदमै पाखा लगाएर आफु एक्लैले शान्ति प्रक्रिया सुरु गरेको र आफुले मात्र यसलाई पुर्ण गर्न सक्ने भ्रम हिजो पनि कांग्रेसमा देखियो । कांग्रेस भित्रको यो भ्रमले शान्ति प्रक्रियालाई कति गा¥हो बनाउँछ, यो अनुमान गर्न सकिन्छ । प्रमाण हिजोको शेरबहादुर देउवाको भाषण सुने पुग्छ ।

नेकपा एमाले
भनिहाल्न त नहुने तर यदाकदा सुनिएको ‘नेकपा एमाले, न पोथी न भाले’ को आरोपलाई हिजो पनि एमालेले बल दियो । आन्तरिक खिचातानीले आफ्नो र अध्यक्षको हातमा आएको ऐतिहासिक भुमिकाबाट एमाले पर हुत्तियो । केहि हदसम्म सहमतीको राजनिती भनेर नैतिक रुपमा बलियो कदम जस्तो देखिए पनि नेपाली राजनितीक दलहरु बहुमतिय प्रक्रियाबाट पनि नेतृत्व चुन्न नसक्ने भए भन्ने खराब सन्देश गएको छ । यसले नागरिकमा निराशा भन्दा अरु के उत्पादन गर्ला र ? आएको भुमिका निर्वाह गर्न नसक्ने भनेर एमालेको छवि पनि त धमिलिन्छ नि ।

मधेसवादी दलहरु
साना साना कुरामा फुटिरहने र सत्ताका लागि जतासुकै मोडिन सक्ने प्रवृतिले ग्रसित यी दलहरु कति अवसरवादी रहेछन् भनेर हिजो पुष्टि नै गरिदिए । भागवण्डामा हिसाब नमिले पछि मधेसका मुद्दा भन्दै चुनावबाट पर सरेर देशलाई राजनैतिक अनिर्णयमा डो¥याए । आजसम्म अनिर्णित यी दलहरु भोली जताबाट मालदार प्रस्ताव आउँछ त्यतै मोडिन तयार भएर बसेका छन् । यो नौटकींले देश कहाँ पुग्ने हो ?

साना दलहरु
बार्गेनिङमा कुरा नमिलेर अनि आफ्नो कुरा प्रस्ट राख्न नसकेर सँधै मुलधारको राजनितीको छेउमा उभिएका साना दलहरु आज पनि छेउमै उभिएर साक्षी मात्र बने । जति राजनितीमा अनिर्णयले जगड्दै लैजान्छ, यिनीहरुको भाउ पनि अकाशिदै जान्छ । कमाउँनका लागि सारै गतिलो प्लेटफर्म पाएको छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s