नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

राकेश सुदलाई असारको १५

Posted by नेपाली मुटु on July 19, 2010

नेपालमा सरकार परिवर्तनको कुरा जब आउँछ, दलहरु झरी परेका बेला कुदेका कमिला जस्ता भएर यता र उता दौडिरहेका हुन्छन् । कहिले कसको को सँग भेट अनि कहिले कसको को सँग भेट । यसले उसको नेतृत्व नस्विकार्ने, उसले यसको नस्विकार्ने । अर्को दलबाट जो उम्मेदवार हुन्छ त्यो देखि बाहेकका नेतालाई मात्र स्विकार्ने भनाइहरु पनि मिडिया भरि छाउँछन् । नेपालका नेतालाई त भ्याइनभ्याइ हुन्छ नै भारतिय राजदुत राकेश सुदलाई पनि यो कुर्सीपर्वले मज्जाले नै गाँज्ने गर्दछ । उनी नेपाल आए देखि नै नेपालको आन्तरिक मामलामा उनी प्रत्यक्ष नै देखा परेका छन् । दुध पु¥याउँनेले बिहानै दुध पु¥याउँनु भन्दा अगाडी नै यिनी नेताहरुको ढोकामा पुग्नु पनि यिनको विशेषता हो । यस्ता सुद अहिले कुर्सीकपमा कतै देखिरहेका थिएनन् । तर आज बिहान उनको गैरहाजिरी हटेको छ । उनले आज बिहान आठ बजे देखि साढे आठ बजे सम्म कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपाललाई बालुवाटारमा भेटेका छन् । माओबादीबाट नेतृत्वको उम्मेदवारी परिवर्तन हुने लक्षण, कांग्रेसको एक्कासी देखिएको एकमत र एमाले भित्रको किचलोमा सुदले नेपाललाई भेट्नुको बिशेष अर्थ छ भन्ने पनि कम छैनन् ।

यस्ता सुद तपाईका नजरमा कस्ता छन् ? तपाईलाई सुदको यो आचरणसँग जोडिएका भित्री कुरासँग केहि सहमती वा असहमती वा अरु केहि प्रतिक्रिया छन् भने यहाँ प्रतिक्रिया दिनुहोला । हेरौ न जनमत चै कस्तो रहेछ ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s