नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गुरुकुलमा सपनासँग एकछिन

Posted by नेपाली मुटु on July 19, 2010

ठ्याक्कै मिती त बिर्षीसकेछु । एक द्धैनिक पत्रिकाको कभर पेजमा नै थियो, राजनितीक विश्लेषक सीके लालको एउटा लेख । शिर्षक पनि सम्झिन निकै गा¥हो भइरहेको छ, पक्कै गणतन्त्रको अदालतमा सपनाको साविती हुनुपर्दछ । यसो हेरे । बाँकी अर्कै पेजमा थियो । सरासर भनिएको पेज पल्टाएथें । त्यो त त्यो पेज भरि लमतन्न भएर अरु पेजमा पनि फैलिएको थियो । द्धैनिक पत्रिकामा नढाटी भन्दा मलाई लामा–लामा लेखहरु पढ्न निकै भारी लाग्छ । लामै लेख नै पढ्नु परे अरु साप्ताहिक र मासिक अनि द्धैमासिक तथा बहुमासिक म्यागेजिनहरु किने भइहाल्यो नि । द्धैनिक पत्रिकामा छोटा लेख र समाचारहरु मात्र सुहाउँछन् । (यसका लागि फेरि पनि साथीहरुसँग अझै विवाद गर्न म तयार छु ।) खैर, भन्नु यत्ति हो, नागरिक द्धैनिकमा छापिएको सीके लालको त्यो लेख मैले पढिन । तर जब गुरुकुलमा त्यो लेखको नाटक मञ्चन हुदैछ भन्ने थाहा पाए । घर भरि खोजेर पनि त्यो नभेटे पछि थकथकाउँनुको अर्को विकल्प रहेन । जडसिद्धान्तले दुःख दिन्छ भन्थे हो रहेछ ।

आज थकथकीको अन्त्य भएको छ । आज साउन महिनाको पहिलो दिन त्यै लेखको नाटकिय प्रारुप सपनाको साविती गुरुकुलमा हेर्ने मौका पाए । गुरुकुल पुग्दा मैले देखेको टिकट काट्ने लाईन हेर्न लायकको थियो । छेउमा उभिएका सुनिल पोखरेलको अनुहारको कान्तिले देखाइरहेको थियो । उनको अनुहारको सदा झै विजयको तरङ्ग दौडिरहेको थियो । गुरु सञ्जिव उप्रेतीका दिदी भिनाजु आईपुगे छन् । भिनाजुले सोधे खुसुक्क गुरु सञ्जिवलाई, “कति हो टिकटको पैसा ?” उनको अचम्मको उत्तर “खोइ मैले कहिले तिर्नु पर्दैन, थाहै छैन ।” छक्क पर्दाे कुरा कलाकारलाई थाहा छैन, आफ्नो कला हेर्न एउटा दर्शकले कति तिर्ने गर्छन् । मैले उनको अनुहार हेरे । उनले थाहा पाए अनि बिना भावको मुस्कान मतिर फ्याकें । “गुरु संसारमा हरेक कुराको मोल छ नि हैन ?” मनमनै मेरो प्रश्न ।

नाटक सुरु भएको छैन, एउटी कलाकार आएर भन्न थालिन्, “थाहा छ ? यो नाटकको मैले निर्देशन गरेकी हुँ । पहिलो पटक हो कस्तो लाग्यो भनिदिनुस् है ।” दर्शक दिर्घामा खैलाबैला मच्चियो । उभिएर प्रश्न सोध्ने धेरै जना देखिए । उनी आफ्नै धुनमा भन्ने कुरा भनिसकिन् । “यो हाम्रो उपासना गर्ने थलो हो । यो प्रेक्षालय भित्र केहि नियमहरु छन् ……।” खैलाबैलामा उनको स्वर अझै पनि प्रष्ट थियो ।

नाटकमा सपनाले भन्न थालिन् र्। जसको स्थायी घर हुदैन, त्यसको थर हुदैन ।’ उनको स्वर मैले नेपालमा थलिएर बसेका भुटानी शरणार्थीहरु बोलेको हो जस्तो सुन्न थाले । यसरी नै नाटकमा अनेक संवादहरु छन् जसले सरल र सभ्य भाषामा जीवनका जवाफहरु छताछुल्ल पारेका छन् । जब विदेशी पत्रकारले सपनालाई अपनाउँन नसकी बेपत्ता हुन्छ । सपना भन्छे, “सुर्य सम्झिएकी थिए, पहेलिएको कुभिण्डो परेछ ।” आफ्नै लडाईलाई र फेरिएको आफ्नो रुपलाई रक्षा गर्दै उ फेरि भन्छे, “कुन्तिको थर के हो ? द्रौपदीको थर के हो ? के साहसको पनि थर हुन्छ ?” उसको यो प्रश्नमा सम्पुर्ण नारीहरुको महानता बौरिएको मैले अनुभव गरे ।
नाटकको अन्त्यमा नायक र खलनायक बिचको भिन्नता समाजमा नछुट्टिएको परिधि देखाइएको छ । रङ्गमञ्चमा जस्तो स्पस्ट रेखा समाजमा कोर्न सकिदैन भन्ने आधुनिक सिद्धान्तलाई नाटकमा प्रस्ट्याइएको छ ।

नाटकको अन्त्यमा बाहिर उभिएका सीकेलाललाई बधाई दिनेको लर्काे थियो । उनी भन्दै थिए, “नाटक नराम्रो लागे मलाई भन्नु, राम्रो लागे सुनिलजीलाई ।” अलिक पर सुनिल पोखरेलको स्वर चर्काे थियो, “नाटक नराम्रो लागे हामीलाई भन्नु, राम्रो लागे छरछिमेकीलाई ।” जे होस् जीवन्त नाटक दिएकोमा सम्पुर्ण टिमलाई साधुवाद ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s