नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

कस्को हो यो मोबाइल नम्बर ?

Posted by नेपाली मुटु on July 17, 2010

नेपालका टेलिकमले चोरीको कलबाट बर्षेनी करोडौ रुपैया गुमाउँनु परेको कुरा हामी प्रशस्त सुन्न पाउँछौ । यो कसरी हुन्छ प्राबिधिक कुरा भयो । यस बारे मलाई जहाँ सम्म थाहा छ, यो चोरी रोक्न नेपालका टेलिकमहरु प्रयासरत छन् । यसका लागि पर्याप्त काम भएका नभएपनि केहि कामहरु भने भइ नै रहेका छन् । यसलाई अझ गतिशिल रुपमा गर्नु अतिआवश्यक छ नै । अतः देशको सचेत नागरिक भएको हैसियतमा यो चोरीबाट सजग रहनु र थाहा पाएको जानकारीलाई सम्बन्धित निकायसम्म पु¥याउँनु हामी सबैको कर्तव्य हुन आउँछ । तर घटना र दुर्घटनाहरु यसरी दोहोरिरहन्छन् कि तिनीहरु हाम्रा लागि सामान्य भन्दा सामान्य बन्ने गर्छन् । बिदेशबाट आएका कलहरु चोरीका नेपाली नम्बर हुनु मेरो लागि मात्र होइन, आम नागरिकका लागि पनि अतिसामान्य भइसक्यो । मेरो मोबाईलमा पनि दर्जनौ यस्ता नम्बरहरु आउँछन् जुन कल लगमा अर्को नम्बरले मेटाएर जान्छ । नढाटी भन्दा मेरो लागि पनि यो कुरा सामान्य भईसकेको थियो । एकाएक यो चोरी मेरो लागि अलिक फरक र बिशेष पनि यो कारण भयो कि यसको तह र क्षेत्र बढि नै संवेदनशिल छ । यो कुरा खुलाउँनु भन्दा अगाडी केहि कुरा स्पष्ट हुन जरुरी छ । जहाँसम्म यो नम्बरको सवाल छ यो आधिकारिक पनि हुनसक्छ । तर दुइकल फरक फरक नम्बरबाट आएको कारण मैले यसलाई शंकास्पद रुपमा लिन बाध्य भए ।

गुगलको एकाउण्ट खोल्ने क्रममा मैले पुरानो इमेल राख्नु पर्ने ठाउँ खाली छोडे । जसका कारण गुगलले मसँग फोन नम्बर माग्यो । मैले मेरो मोबाइल नम्बर दिए । केहि समय लगत्तै मेरो मोबाइलमा पुर्वाञ्चलको मोबाइल नम्बरबाट कल आयो । जब कल उठाएँ, त्यो कल पुर्वाञ्चलबाट आएको नभएर गुगलबाट आएको थियो । त्यो कलमा महिलाको आवाज आयो र दुई पटक सम्म त्यो आवाजले एउटै एक्टिभेसन कोड दोहो¥यायो । जब सर्वरको कारणले त्यो एक्टिभेसन कोडले काम गरेन । मैले पुनः त्यही प्रोसेस दोहो¥याएँ । र, पुनः गुगलबाट नयाँ नम्बरबाट महिलाको आवाजमा एक्टिभेसन कोड आयो । त्यसरी आएको मोबाईल नम्बरहरु क्रमशः ९८४२३५७२१६ र ९८४९५९१७८३ थिए ।

अन्त्यमा सबैलाई यो प्रश्न । आखिर यी नम्बरहरु कस्का हुन् ?

Advertisements

3 Responses to “कस्को हो यो मोबाइल नम्बर ?”

  1. nisha said

    9803071050

  2. sangam said

    9808026670

  3. sudip said

    kashi ko pani hoina

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s