नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

न्यायाधिशको नै दिन बिग्रिए पछि ….

Posted by नेपाली मुटु on July 16, 2010

नेपालीमा उखानै छ नि, रिन लागोस तर दिन नलागोस् । दिन नै बिग्रे पछि कसको के लाग्छ र ? हेटौडा पुनरावेदन अदालतका न्यायाधिश तेजबहादुर कार्की को दिन पनि बिग्रीएको नै रहेछ । दिन नबिग्रीएको भए दुई बर्ष अगाडी नै तर् लागिसकेको मुद्दा अहिले आएर किन बल्झिन्थ्यो ? उनले दुई बर्ष अगाडी काठमाडौं जिल्ला अदालतमा रहँदा अपहरणको अभियोग लागेका अभियुक्तलाई केहि धरौटीमा छुटाउँने फैसला गरेका थिए । तर उनको त्यो फैसला फेरि बल्झियो जब डा. भक्तमान श्रेष्ठको अपहरण केसबारेमा सोधपुछ सुरु भयो । यसैले पदिय अधिकार दुरुपयोग गर्दै पैसामा बिकेको भनेर उनलाई हाललाई निलम्बन गरिएको छ । उनले अब न्यायाधीशको हैसियतमा कुनै कामकाज गर्न पाउने छैनन्।

दुई बर्ष अगाडि उनले हुदै नभएको कानुन देखाएर जुन अभियुक्तलाई छुटाएका थिए तिनै अभियुक्त फेरि पनि उहि अपहरणको मुद्दामा परे पछि न्यायाधिश कार्कीलाई बिकेको भन्ने आरोप लागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले ओमकार भट्टचन, विनोदकुमार न्यौपाने र र सचिन गुप्ताको अपहरण अभियोगमा पक्राउ गरी अदालतमा बुझाएका नुवाकोटका भीमसेन पण्डित, काठमाडौंका सञ्जय श्रेष्ठ र भारत उत्तर प्रदेशका रोहित पलिवाल अग्रवाललाई कार्कीले २०६५ असार ११ गते धरौटीमा छाड्ने फैसला गरेका थिए। आदेशबाट छुटेका मध्ये एक जना सन्जय श्रेष्ठ डा। भक्तमानको अपहरणमा संलग्न भएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका छन्। अन्य दुई रोहित पालिवाल अग्रवाल र भीमसेन पण्डित भने फरार छन्। तिनै सञ्जयले पहिलेको मुद्दाको धरौटी र अन्य खर्च ७० लाख भएको र सोही पैसा उठाउँन डा. श्रेष्ठको अपहरण गरेका भन्ने बयान दिएपछि न्यायाधिश कार्कीको फैसला विवादमा परेको हो ।

त्यो विवाद निरुपण गर्न न्यायाधिश कार्कीलाई निलम्बन गरिएको छ भने उक्त मुद्दा फैसला गर्दा अनियमिता भएनभएको छानबिन गरी राय सहितको प्रतिवेदन प्रस्तुत गर्न परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश बलराम केसीको अध्यक्षतामा एक सदस्यीय जाँचबुझ आयोग पनि गठन गरिएको छ ।

तर अचम्म न्यायाधिशको बेइमानी हेर्न न्यायाधिश नै खटाउँनु त दुधको साक्षी बिरालो बनाउँनु जस्तो भएन र, भन्या ? त्यसै त कारबाही हैन आरोपी न्यायाधिशहरुलाई क्लिन चिट दिन खोलीएको भनेर विवादित परिषद यो मुद्दा देखि कहाँ पुग्ने हो ? केहि लाई ठुलो कारवाहीको नाममा सरुवा मात्र गर्ने र धेरैलाई पुरस्कृत नै गर्ने गरेको उदाहरण जति सुकै पाइन्छ । चरेस काण्डमा मुछिएका तत्कालीन न्यायाधीश परमानन्द झा त अहिले उपराष्ट्रपति नै छन्।

अब यी न्यायाधिश कार्कीलाई चै के कारबाही होला र ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s