नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

चक्रेको चक्रिय प्रधानमन्त्री

Posted by नेपाली मुटु on July 16, 2010

जंग बहादुर राणाले मुलुकको राज्यसत्तामा आफ्नो मात्रै बिर्ता कायम गराउँन राणाहरुलाई वर्गीकरण गरेका थिए । तिनीहरुको रोलक्रम हुन्थ्यो र, रोलक्रम अनुसार राणाहरु श्री ३ बन्दै जान्थे । यसबाट केहि मात्रामा भएपनि जुङ्गाको लडाइ रोकिएला भन्ने सोचिएको थियो होला । नेपालको वर्तमान राजनिती हेर्ने हो भने नेपालको आदिमकाल देखि हुदै आएको शक्तिको लडाई व्यक्तिमा गएर टुङ्गिने प्रथा आज पनि कायम छ भन्ने थाहा हुन्छ । माकुनेको राजिनामासँगै यो राजनितीक असहमती हट्छ भनेर मख्ख परेकाहरु अब जिल्ल छन् । माकुनेले राजिनामा दिए पछि त हरेक दल भित्र उम्मेदवारको पो झगडा चर्किन थाल्यो । यत्ति हुँदा हुँदै पनि हाम्रा नेताहरु बुद्धि नै नभएका भने चै होइनन् है । कांग्रेसका नेता चक्र प्रसाद बास्तोलाले एउटा रमाइलो उपाय ल्याएका छन् जसले यो खिचातानी बन्द गराउँन सक्छ भन्ने उनलाई लाग्छ । उनको उपाय यस्तो छ :

कुनै निश्चित समयसिमा तोक्ने, त्यो समय भरि एउटा प्रधानमन्त्री बन्ने र त्यो समय सिमा पछि अर्को प्रधानमन्त्री बन्ने । उनले माओबादी, कांग्रेस र एमालेका लागि चक्रिय प्रणालीमा पालैपालो प्रधानमन्त्री बनाउँने भन्ने उपाय सुझाएका छन् । अर्थात् फलानो महिनासम्मका लागि माओवादीको प्रधानमन्त्री, फलानो महिनासम्मका लागि कांग्रेसको अनि फलानो महिनासम्मका लागि एमालेको। यो बाट दलहरु बिचको हानाथाप पनि बन्द हुने ।

‘यसरी सरकार बन्यो भने ४ सय ६० सभासद्को समर्थन हुने अनि दुई तिहाइको त्यस्तो सरकार दिगो पनि हुने उनको तर्क रहेछ। अब अर्को बैठकमा यो चक्रीय अवधारणा राख्ने रे उनले।
आहा कति राम्रो उपाय । चक्र बास्तोलालाई त राष्ट्रिय सल्लाहाकारमा राख्नु पर्ने । कुर्सी कै लागि राजनिती गरिरहेकाहरुलाई त यो भन्दा राम्रो उपाय अर्को के होला र ? लोकतन्त्र, चुनाव, देश, विकाश यी जाबो कुराको त के नै अर्थ छ र । हैन त ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s