नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

कुर्सीकपको फाईनल साउन ५ गते

Posted by नेपाली मुटु on July 13, 2010

सहमती रटान लगाएर नथाकेका दलहरु दुई पटक सम्म म्याद पाउँदा पनि सहमतीमा पुग्न सकेनन् । आफ्नो दोष जति अरुलाई खन्याएर आफु पानी माथीको ओभानो भएर बसिरहे । यही आलटाल र दोषारोपण मै सहमतीमा सरकार बनाउँने भनेर दिएको समय सकियो । यसले अब मिलेमतोको सम्भावना समाप्त भएको कुरा प्रस्ट्याउँछ । र, यसले लोकतन्त्रको सबै भन्दा फोहोरी खेल खेल्ने बाटो खुला गरिदिएको छ । जसरी भए पनि जसले साउन ५ सम्ममा बहुमत पु¥याउँछ अब त्यस्कै सरकार बन्नेछ । जसरी भनेको कसरी हो तपाई बुझ्नु हुन्छ नि ?

सहमती गर्न नसकेर हामीमा जति सुकै नैराश्यता किन नआओस् कुनै पनि नेता भनाउँदालाई यसले कुनै असर पार्ने छैन । खाली उनीहरु त अर्कालाई रोक्न पाइयो भनेर मख्ख परिरहेका होलान् । बहुमतीय पद्दतीमा अब सबैले आफ्नो मोल थाहा पाउँनेछन् । ठुला दलका नेताहरुलाई आफ्नै सम्भावनाले मख्ख पारिरहेको होला । साना दलहरु पनि के कम ? सहमतीका लागि कति सम्म अर्काले दिन सक्लान् भनेर सोचीरहेका होलान् । आखिर कमाउँने र मोलमोलाई गर्ने यो भन्दा अर्को राम्रो अवसर साना दललाई कुनै हुनै सक्दैन ।

अब दलहरुले नैतिक धरातलबाट गिर्न कहिले पनि छाडेनन् । यसो भन्दैमा आफु पनि गिर्न नसकिदो रहेछ । बुद्धि आइदिए सुख पाइन्थ्यो कि भन्ने आशा पनि सकिन लाग्यो । हेरौ साउन ५ मा को चै नेपालको ३४ औ प्रधानमन्त्री हुने रहेछ । अहिले थाहा नभए पनि साउन ४ मा त थाहा होला नि । उम्मेदवारी दिने अन्तिम दिन त त्यही नै हो, सारेनछन् भने ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s