नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

जर्मनीलाई सान्तवना जित

Posted by नेपाली मुटु on July 12, 2010

विश्वकपको दाबेदार मानिएको जर्मनीले विश्वकपको यो संस्करणमा धेरै आश्चर्य जनक नतिजा दिए पनि विश्वकपको दौडमा स्पेनसँग हारे पछि उ पछि प¥यो । तर तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विरुद्ध ३–२ को जित हात पारेर जर्मनीले सान्तवना जित हाशिल गरेको छ । यो सँगै अक्टोपसको सातौं भविष्यवाणी पनि मिल्न गएको छ। अक्टोपसले यस बिश्वकपमा जर्मनी तेस्रो हुने भविष्यवाणी गरेको थियो ।

दुबै टोलीले खेलमा एक अर्का माथी हावी हुने प्रयास गरेता पनि जर्मनीले अन्तमा खेलमा राम्रो प्रदर्शन गरेर बिजयी हासिल गरेको थियो। यस खेलमा दुबै टोलीका खेलाडीहरूमा निकै परिवर्तनहरू भएको थियो। जर्मनीले नँया खेलाडीहरू राखेका थिए भने उरूग्वेले कप्तान लुगानोका साथ अघिल्लो खेल खेल्न नपाएका फुसिल र स्वराज पनि खेलमा फर्केका थिए।

जर्मनीको तर्फबाट खेलको यूवा खेलाडी थोमस मूलरले खेलको १९ औं मिनेटमा जर्मनकालागि पहिलो गोल गरेका थिए। यसको ९ मिनेट पछी उरूग्वेका एडीन्सनले उरूग्वेको तर्फबाट गोल फर्काएर बरावरीमा पुर्याएको थियो। मध्यान्तर सम्म दुबै टोली १-१ बरावरीमा रहेका थिए।

मध्यान्तरपछी खेलको १९ औं मिनेटमा उरूग्वेका डिएगो फोरलानले गोल गर्दै उरूग्वेलाइ २-१ अगाडी पुर्याएको थियो। तर खेलको ५६ औं मिनेटमा जर्मनकालागि मार्सिल जोनसनले गोल फर्काएर बरावरीमा पुर्याएको थियो। जर्मनीको तर्फबाट खेलको ८२ औं मिनेटमा खेदिराले टाउकोले गोल गर्दै जर्मनीलाइ तेस्रो स्थान दिलाएको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s