नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

कामचलाउ सरकारको कामचलाउ बजेट कामचलाउ सभाषदबाट पारित

Posted by नेपाली मुटु on July 12, 2010

माधवकुमार नेपालले राजिनामा दिएको पनि निकै दिन भइसक्यो । सहमतीको टुङ्गो छैन । राष्ट्रपतिले सहमतीको सरकार बनाउँन दुइपटक समयसिमा दिइसके । सहमतीको टुङ्गो छैन । बजेट आउँनु पर्ने समय भइसक्यो । सहमतीको टुङ्गो छैन । यसैले कामचलाउ सरकारका कामचलाउ अर्थमन्त्रीले आज कामचलाउदै गर्न पेश्की बजेट ल्याएका छन् । संविधानसभा भवन नयाँबानेश्वरमा बसेको व्यवस्थापिका संसदको बैठकमा कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७र६८ को लागि पेश्की बजेट स्वरुप १ सय १० अर्ब २१ करोड रुपियाँको पेश्की बजेट प्रस्तुत गरेका छन् । अन्तरिम संविधानको धारा ९६ को उपधारा २ मा ‘राजस्व र व्यय सम्बन्धि विशेष’ व्यवस्थाअनुसार कामचलाउ अर्थमन्त्रीले चालु आर्थिक वर्षको कुल व्ययको एक तृतीयांसमा नबढ्ने गरी आगामी आर्थिक वर्षका लागि खर्च गर्ने अधिकारको विधेयक ल्याएका हुन् । सभासदहरुको सामान्य टिप्पणी पछि उक्त पेश्की बजेट पारित भएको छ ।

अब यसरी नै त होला देश चलाउँने होला नि । सबै कुरा कामचलाउ । आखिर काम चलिरहेको छ भने नयाँ बनाउँने दुख नै किन गर्नु र हैन ? संविधानसभाको म्याद सकिएपनि कामचलाउँन म्याद थपियो । अब कुरा काट्न भन्दा के नै पो गर्न सकिने रहेछ र ? यस्तै छ संसार हरे मुरारे

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s