नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

उरुग्वेलाई पछार्दै नेदरल्याण्डस फाइनलमा

Posted by नेपाली मुटु on July 7, 2010


जित्नुको मज्जा नै बेग्लै

समुह चरणको सबै खेल जितेर समुह च्याम्पियन बनेर अर्को चरणमा प्रवेश गरेको नेदरल्याण्डसले विजयी अभियान चालु राखेको छ । युरोपियन महारथी नेदरल्याण्डस पहिलो सेमीफाइनलमा दक्षिण अमेरिकी टोली उरुग्वेलाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस अघि विश्वकपका दुइ संस्करणमा फाईनलमा पुगेको नेदरल्याण्डसले उपाधी हाशिल गर्न सकेको छैन । नेदरल्याण्डस विश्वकप १९७४ र १९७८ मा फाइनलमा पुगेको थियो । यो दुबै खेलमा आयोजक टोली क्रमशः जर्मनी र अर्जेन्टिनासँग पराजित भएर उपाधी विहिन भएको थियो । यस पाली आयोजक राष्ट्र दक्षिण अफ्रिका समुह चरणबाटै बाहिरिएकाले नेदरल्याण्डस आयोजकबाट चाही हार्ने छैन । नेदरल्याण्डसले फाइनल खेल स्पेन वा जर्मनीसँग खेल्नेछ ।

गोली हो कि फुटबल ?

पहिलो गोल नेदरल्यान्डसका Giovanni van Bronckhurst ले १८ औँ मिनेटमा गरेका थिए। ३० यार्ड टाढाबाट गरेको कडा प्रहार बिजुली चम्के सरह सीधै दायाँ छेउको पोस्टको पोलमा ठोक्किएर भित्रपट्टी छिरेर भएको यो गोललाई प्रतियोगिता कै उत्कृष्ट गोलका रुपमा कमेन्टेटरहरुले लिएका थिए। बिचरा उरुग्वेका गोलकिपर हेरेको हेर्यै भए।

एउटा कप्तानले गोल ठोकेपछि अर्को कप्तान मात्र किन कम। उरुग्वेका डियगो फोर्लानले मध्यान्तरका लागि ४ मिनेट बाँकी छँदा २५ यार्ड टाढाबाट जालीको छततिर ताकेर गरेको प्रहार गोलकिपरको हातमा छुँदै जाली चुम्यो। मध्यान्तरसम्म स्कोर रह्यो १-१। त्यसपछि चम्किए दुई तालु खुइले खेलाडीहरु( एकको हेडर गोलले खेल निर्णायक बन्यो। स्नाइडरले ७० मिनेटमा र त्यसको तीन मिनेटपछि नै आर्यन रबिनले अर्को गोल गरी खेल ३-१ मा पुर्याए।
उरुग्वेका डिफेन्डरबाट डिफ्लेक्ट भएर स्नाइडरले हानेको बल छक्याउँदै भान पर्सीको खुट्टामुनिबाट पोस्टको छेउबाट गोल भएको थियो। निर्णायक गोल भने आर्यन रबिनको हेडरबाट भएको थियो।

रोबेन हेडिङबाट निर्णायक गोल गर्दै

उरुग्वेका म्याक्सी परेराले ३ मिनेट थपिएको इन्जुरी टाइममा गोल गरेर हारलाई इज्जतिलो मात्रै बनाएनन्, रेफ्रीले इन्जुरी टाइम पाँच मिनेटसम्म खेलाउँदा नेदरल्यान्डस समर्थकहरुको मुटुको ढुकढुकी बढाइदिए। रेफ्रीको सिटीलाई खेल सकिएको सिटी ठान्दा नेदरल्यान्डसका बोमेलले पहेँलो कार्ड पनि खाए।

सुन्तलाको सरगर्मी

जसरी जो सँग हारे पनि दुख नै हुन्छ है

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s