नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

जर्मनी अक्टोपसले देखायो, ‘जर्मनी र स्पेनमा कस्ले जित्छ ?’

Posted by नेपाली मुटु on July 6, 2010

“भविष्य हेर्दै अक्टोपस (फोटो- सीएनएन)”

हात हेरेर भाग्य बताउँने कु्रामा कतिको विश्वास गर्नुहुन्छ ? ज्योतिषीमा विश्वास गर्ने र नगर्नेको वादविवाद राख्ने हो भने कछुवाको आयूले पनि त्यो प्रतियोगिताको अन्त्य थाहा पाउँन सक्दैन होला । मान्छेमा यो भाग्यवाद विश्वास र अविश्वास दुबै छ । विश्वास गर्नेहरु हदै सम्मन् विश्वास गर्छन् र, नगर्नेहरु त यो कुरा भन्दा अर्को वाहियात केहि छैन भनेर कुर्लन्छन् । तर पनि भाग्यवाद र भविष्य हेर्ने कुरा सँधै चासोको बिषय रहि आएको छ । आज हुने जर्मनी र स्पेनको खेलको पनि भविष्य हेरिएको छ । कस्ले हे¥यो भविष्य सुन्नुहुन्छ ?, समुद्रमा पाउँने अक्टोपसले यो खेलको भविष्य हेरेको छ । अचम्म त यो छ कि आज सम्मन् यसले गरेको भविष्यवाणी सबै मिलेको छ ।

यो भविष्यवक्ता अक्टोपसको नाम हो पाउल । यसले यस अघि सर्वियासँग हुने खेलको नतिजा पनि ठ्याक्कै मिलाएको थियो । अक्टोपसले नेपाली समय अनुसार अघि दिउँसो ३ बजेतिर गरेको भविष्यवाणी जर्मन टेलिभिजनहरुले लाइभ देखाएका थिए। अनि त्यो भविष्यवाणीले देखायो- जर्मनी हार्छ, स्पेन जित्छ।

पाउल भनेको अहिले जर्मन समुद्रमा रहेको एउटा अक्टोपस हो। यसको जन्म इंगल्यान्डमा भएको थियो। दुई देशका झण्डा भएको बाकस र खानेकुरा पानीभित्र राखेपछि अक्टोपसले कुन देशको झण्डा भएको बाकसको खानेकुरा रोजेर खान्छ, त्यही देशले खेल जित्छ भन्ने मानिँदो रहेछ।

यस पटक पाउलले भविष्यवाणी गर्नुअघि नै नक्कली फोटो इन्टरनेटमा प्रचारमा आएको थियो। तर जर्मन टेलिभिजनले प्रत्यक्ष र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत प्राथमिकता दिएर प्रसारण गरेको समाचारमा पाउलले स्पेनलाई नै रोजेको देखिएको छ।

भिडियो हेर्नुहोस् :-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s