नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

यो विश्वकपकै कठिन खेल, के भयो टाइब्रेकरमा

Posted by नेपाली मुटु on July 3, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत भएको दोस्रो क्वाटरफाइनलमा उरूग्वेले घानालाइ टाइब्रेकरमा ४-२ ले पराजित गरेर सेमीफाइनलमा प्रवेस गरेको छ। थप समय सम्म दुबै टोली १-१ बरावरीमा थियो। यस जीतका साथ लामो समय पछी ब्राजिल तथा अर्जेन्टिना बाहेक सेमीफाइनल पुग्ने दक्षिण अमेरिकी महादेशको राष्ट्र बनेको छ। यस खेलमा दुबै टोलीले उतकृष्ट खेलको प्रदर्शन गरे बाट फुटबलका पारखीहरूले यस खेललाइ यस बिश्वकपकै हालसम्मको सबभन्दा प्रतिस्पर्धात्मक खेल मानेका छन्।

उरुग्वेका गोलकिपरले दुई पेनाल्टी किक रोके


खेलको शुरूमा उरूग्वे घानामाथी हावी भएको थियो। तर तालमेलको अभावमा उरूग्वेले कुनै फाइदा उठाउन सकेन। घानाले बिस्तारै यसको फाइदा उठाउँदै सटिक पासको सहायताले उरूग्वे माथी डरलाग्दा आक्रमणहरू गर्न थाल्यो। उरूग्वेको शक्तिशाली रक्षापंक्तीलाइ भेड्न घानालाइ निकै कुश्किल परेको थियो तर मध्यान्तरको ठिक अगाडी घानाका मून्तरीले ३५ गज टाढाबाट उतकृष्ट गोल प्रहार गरेका थिए।

मध्यान्तर पछाडी दुबै टोलीले उतकृष्ट खेलको प्रदर्शन गरेको थियो। खेलको ५५ औं मिनेटमा घानाका पन्तसिलले उरूग्वेका खेलाडी फुसिललाइ डि बाहिर देब्रेतीर लडाएपछी उरूग्वेले फ्रिकिक पाएको थियो। यस फ्रिकिकलाइ उरूग्वेका फोर्लानले उतकृष्ट प्रहार गरेपछी उक्त फ्रिकिकबाट प्रहार गरिएको बल यस बिश्वकपकै उतकृष्ट गोलमा परिणत भएको थियो। दुबै टोलीले निर्धारित समय सम्म निकै आक्रमक खेल खेलेको थियो, तर खेलमा गोल भने दुबै तर्फबाट एक एक मात्र भएको थियो।

थप समयमा पनि दुबै टोलीले उतकृष्ट खेलको प्रदर्शन गर्दै गोलका लागि अनेक अवसरहरू श्रृजना गरेका थिए। थप समयमा घानाले अनेकौ अवसर पाएतापनि उरूग्वेको शक्तिशाली रक्षापंक्तीलाइ भेड्न सकेन। खेलको अन्तिम समयमा घानाले पाएको कर्नरमा उरूग्वेका खेलाडीहरूले राम्रा बचाउहरू गरेका थिए। त्यसै अवसरमा घानाका खेलाडीले गोलमा हिर्काएको बल लाइनमा उरूग्वेका सुरेजले हातले रोके पछी घानाले पेनाल्टी पाएको थियो। घानाले यस पेनाल्टीलार्इ गोलमा परिणत गरेर सेमीफार्इनलमा प्रवेस गर्ने पहिलो अफ्रिकी टोली हुने सुनौलो मौका पाएको भएतापनि घानाका अस्माओ ज्ञानले सो हानेको पेनाल्टी पोष्टमा लागेर बाहिरिएको थियो।

पेनाल्टीको स्थितीः

फोर्लान(उरूग्वे) गोल
अस्माओ ज्ञान (घाना) गोल
भिक्टोरिनो(उरूग्वे) गोल
अप्पीहा (घाना) गोल
स्कट्टी(उरूग्वे) गोल
मेन्साह (घाना) उरूग्वेका गोलकिपरद्धारा बचाउ
पेरेरा(उरूग्वे) बाहिर हाने
अदिर्इहा(घाना) उरूग्वेका गोलकिपरद्धारा बचाउ
अब्रु(उरूग्वे) गोल उरूग्वे बिजयी

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s