नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

जोगाएन साख ‘नम्बर एक’ ले

Posted by नेपाली मुटु on July 3, 2010

धेरैको आशा थियो यसपालीको विश्वकप ब्राजिलले उठाउँने छ । ब्राजिललाई समर्थन गर्नेको त कुरै अर्को । काका काका त यत्ति भन्थे कि मानौ ब्राजिलका काका साख्खै १३ दिने काका हुन् । तर, ब्राजिलको खेल हेरेर आफ्नो रोजाईको टिमले हार्ला भनेर डराउँनेको संख्या पनि कम थिएन । अब त्यो सबै इतिहास भएको छ । पाँच पटकको विश्वकप विजेता फिफा बरियताको प्रथम मुलुक विश्वकपको क्वाटरफाईनलबाट बाहिरिएको छ ।

के बोलुन् काका !!! हार पछिको मौनता


आज भएको खेलमा ब्राजिल युरोपेली मुलुक नेदरल्याण्डसँग 2-1 ले पराजित भएको छ । कति ब्राजिल मात्रले जित्नु नयाँ र राम्रो खेल्ने पनि खेल जित्नु पर्छ भन्ने ठानेर मैले नेदरल्याण्डको पक्ष लिएर खेल हेरे । तर ब्राजिलको जितमा रमाउँन बसेकाहरुको खुसी पहिलो हार्फ भरि नै उत्सकर्षमा थियो ।

खेलको १० औ मिनेटमा रोबिन्होले गोल गरे पछि ब्राजिलले खेलमा एक गोलको अग्रता लियो । तर दोस्रो हार्फमा ब्राजिलियन खेलाडी फेलिप मेलोले ५३औ मिनेटमा आत्मघाती गोल गरे पछि खेल बराबरीमा पुग्यो ।

यो खुसीको कुनै सिमाना होला त ?


दोस्रो तथा विजयी गोल ६८ औँ मिनेटमा स्नाइडरले गरे। आत्मघाती गोल गरेका ब्राजिलका मेलो खेलको ७३ औ मिनेटमा रातो कार्ड खाएर बाहिरिए पछि ब्राजिल त्यसपछिको खेल समयमा नेदरल्याण्डको दबाबमा रह्यो । र, विश्वकपबाटै बाहिरियो ।

उडायो सपना सबै हुरीले । ब्राजिलका एल्भेस

यो जितसँगै नेदरल्याण्डको फाईनल पुग्ने सम्भावना बढेर गएको छ । नेदरल्याण्डले सेमीफाइनलमा घाना वा उरुग्वेको सामना गर्नै छ ।

को बढि खेल्यो ? नेदरल्याण्डका रोबेन

बशंबादका बिरोधमा दुबै टिमका खेलाडीहरु एक साथ उभिएका थिए ।

समानताका लागि हामी एक छौ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s