नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

माकुने अनि राजिनामा ? कलियुग सकिएछ क्यारे

Posted by नेपाली मुटु on June 30, 2010

अपडेट : साँच्चै राजिनामा दिए माधवकुमार नेपालले । धेरै कुरा के भनुँ, साधुबाद माकुनेलाई ।

मैले सपनामा पनि चिताएको थिइन । माधव कुमार नेपालले राजिनामा दिन्छु भन्लान् भनेर । नेपालको इतिहासमै विवादित प्रधानमन्त्री माधवकुमार नेपाल पदमा बसेको एक घण्टा पनि नभई उनी पदमा बसिरहनु पर्ने औचित्य सकिएको बताउँनेको संख्या नेपालमा कम थिएन । एकिकृत ने.क.पा. (माओबादी) होस् या उनकै दल एमाले (?) (खै ! उनको पार्टी यही हो भन्न पनि गा¥हो भयो ।) अथवा नागरिक समाजका गन्ने मान्नेहरु माधवकुमारलाई पटक–पटक पद छाडिदेउ भन्न पछि परेनन् । उद्योग बाणिज्य महासंघका हरुले त गाली पनि खाए क्यारे । अब त सबै थाकीसकेका थिए । फेरि पनि माधवकुमार नेपालले किन हो राजिनामा दिने भएछन् । राजिनामाको बारेमा छलफल गर्दै छन् रे माधवकुमार नेपाल । आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरेर छाड्छन् रे पद । जे होस् गाँठो परिरहेको नेपाली राजनिती केहि खुकुलो हुने भयो । यसका लागि चै उनलाई साधुवाद भन्न मन लागेको छ । भरे राजिनामा दिए छन् भने भनुला ।
के भन्लान् माधवकुमार नेपालले सम्बोधनमा ? पढ्नलाई भित्र आउँनुहोस्
माधवकुमार नेपालले राष्ट्रका नाममा सम्बोधन गर्दा मैले यो गरे अनि त्यो गरे भनेर गुड्डि हाक्ने कुरा सायदै होला । उनले खाली आफ्नो बखानका लागि शब्दहरु खर्चिने छन् । आफुलाई जति सक्दो चोखो बनाउँनु र सम्पुर्ण गैर जिम्मेवारीपनलाई संक्रमणकाल भनेर अथवा माओबादी माथि दोष खन्याएर आफु पानी माथीको ओभानो हुनु नै उनको सम्बोधनको सार हुने छ । बुँदागत रुपमा भन्नु पर्दा उनले यस्तो कुरा गर्लान् :

१) मैले देशको बिषम परिस्थितीमा देशको जिम्मेदारी लिएँ र, देशलाई शुन्य हुन दिइन । (माकुने नहुदैमा देश शुन्य हुन्छ र ?)

२) मैले अयोग्य भनिएका लडाकाहरुलाई शिविरबाट बाहिर निकाले । (माकुने लडाकुलाई लडाका भन्छन् र उनले शिविरबाट बाहिरिए पछिका समस्याहरुका बारेमा सोच्ने फुर्सद नै छैन ।)

३) म कहिल्यै पनि समस्याको कारक होइन । (उनको ढुलमुले चरित्र आफ्नै भाकामा स्विकारेको बुझ्दा हुन्छ ।)

४) म रिमोट कन्ट्रोलबाट चलेको छैन । (हैन भने मेरो शरिर चेक गर्नु)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s