नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

क्रिष्टियानो रोनाल्डोको पोर्चुगल बिश्व कपबाट बाहिरियो

Posted by नेपाली मुटु on June 30, 2010

उफ् ! हार सहन कति गा¥हो छ !! हार पछाडी पोर्चुगलका खेलाडी

विश्वकपमा पोर्चुगलका रोनाल्डोबाट धेरैले धेरै आशा गरेका थिए । नेपालमा पनि उनका समर्थकहरुको संख्या कम छैन । मोडलिङ, फुटबल र व्यक्तिगत चर्चाबाट विश्व भर छाएका रोनाल्डोको टोलीले विश्वकपमा सोचे अनुसारको सफलता हात पार्न सकेन । समुह चरणको पहिलो खेलमा आइभोरिकोष्टसँग शुन्य गोलको बराबरी खेलेको पोर्चुगलले जब उत्तर कोरियालाई सात गोल ग¥यो तब धेरैले पोर्चुगल खेलमा फर्किएको विश्वास गरेका थिए । तर समुहको उपविजेता बनेर अर्को खेलमा उक्लेको पोर्चुगलले विश्वकप भरि नै सात गोलमा रहनु प¥यो ।

बुधबार भएको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा स्पेनले पोर्चुगललार्इ एकमात्र गोलले पराजित गरेको छ। अब स्पेनले क्वाटरफाइनलमा पाराग्वेसंग भीड्ने छ। दुइ उतकृष्ट युरोपियन टोलीहरूको बीच खेलिएको यस खेलमा दुबै टोलीले राम्रो खेलको प्रदर्शन गरेको थियो। खेलको एकमात्र गोल स्पेनका डेभिड भिल्लाले गरेका थिए। यनले खेलको ६३ औं मिनेटमा उनको पहिलो प्रहारलाइ पोर्चुगली गोलकिपरले रोकेको बललाइ रिबाउण्डमा फेरी प्रहार गरी गोलमा परिणत गरेका थिए। दुबै टोलीहरूले आक्रमक खेल खेलेको थियो तर खेलमा गोलभने एकमात्र भएको थियो। खेलको अन्त्य तिर पोर्चुगलका कोस्टा रातो कार्ड खाएर बाहिरिएका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s