नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

ब्राजिल छैटौ जितमा अग्रसर

Posted by नेपाली मुटु on June 29, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले चीलीलाइ ३-० ले पराजित गरेको छ। यस जीतका साथ ब्राजिलले चीलीसंग २००५ देखी खेलिएका सबै सात खेलहरूमा बिजय हासिल गरेको छ।

ब्राजिलले यी सात खेलहरूमा २८ गोल गरेको तथा ३ गोल खाएको थियो। हालसम्म ब्राजिल तथा चीली बीच हालसम्म ६६ खेलहरू खेलिएकोमा ब्राजिलले ४७ खेलमा तथा चीलीले ७ खेलमा बिजय हासिल गरेको थिए। यी दुइ टोलीहरूकाबीच १२ खेल बरावरीमा टुंगिएको थियो।

खेलको शुरूवातमा नै चीलीले आक्रमक खेलको प्रदर्शन गर्दै ब्राजिललाइ दवावमा राखेको थियो। दुबै टोलीले छोटो पासका भरमा एक अर्का माथी हावी हुने प्रयास गरेका थिए। तर बिस्तारै ब्राजिलियन टोली लयमा फर्केपछी खेललाइ आफ्नो नियन्त्रणमा लिएको थियो।

खेलको ३५ औं मिनेटमा माइकोनको कर्नर किकलाइ जुआनले हेडबाट पहिलो गोल गरेका थिए। यसको लगत्तै खेलको ३८ औं मिनेटमा रोबिन्होले काकालाइ, काकाले लुइस फाबियानोलाइ दिएको पासलाइ फाबियानोले चीलीका गोलकिपरलाइ छलाएर ब्राजिलको तर्फबाट दोस्रो गोल गरेका थिए।

मध्यान्तर पछाडी पनि चीलीले आक्रमक खेल खेलेको थियो तर चीली अभाग्यसाली रह्यो। खेलको ५९ औं मिनेटमा रोबिन्होले ब्राजिलका लागि तेस्रो गोल गरेका थिए। त्यसपछी पनि चीलीले गोल फर्काउने अनेकौ प्रयाश गरेका थिए तर गोल पोष्टमा सटिक प्रहार गर्न नसकेपछी चीलीले कुनै गोल फर्काउन सकेन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s