नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नेदरल्याण्ड विजयपथमा

Posted by नेपाली मुटु on June 29, 2010

समुह चरणको सबै खेल जितेर प्रि क्वाटरफाईनलमा उपस्थित भएको नेदरल्याण्डले सोमबार भएको स्लोभाकियासँग पनि दमदार प्रदर्शन गरेको छ । डिफेन्डिङ च्याम्पियन इटालीलाई हराउँदै समुहको उपविजेता बनेर समुह चरण पार गरेको स्लोभाकिया धेरै अवसरहरु प्राप्त गरे पनि अर्को चरणमा उक्लन सफल हुन सकेन ।

दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको प्रि-क्वाटरफाइनलमा नेदरल्याण्डले स्लोभाकियालार्इ २-१ ले पराजित गरेको छ। यस जीतका साथ नेदरल्याण्डले यस बिश्वकपमा हालसम्म खेलेका चारै खेल जीतेर क्वाटरफाइनलमा प्रवेश गरेको छ।

खेलको १८ औं मिनेटमा नेदरल्याण्डका रोबेनले २० गज टाढाबाट उतकृष्ट प्रहार गरी नेदरल्याण्डको तर्फबाट पहिलो गोल गरेको थियो। यस पछी खेलले त्यती गति लिन सकेन। दुबै टोलीले गोल गर्ने केही अवसरहरू श्रृजना गरेतापनि कुनै गोल हुन सकेन।

मध्यान्तर पछाडी खेलको ७८ औं मिनेटमा भिट्टेकले योल गर्ने सुवर्ण अवशर गुमाएको थियो। खेलको ८४ औं मिनेटमा स्नेज्दरले नेदरल्याण्डको तर्फबाट दोस्रो गोल गरेका थिए। खेलको अन्ततीर नेदरल्याण्डका गोली स्टेकेलेनबर्गले फल प्रहार गरेपछी पाएको पेनाल्टीलार्इ गोलमा परिणत गर्दै भिट्टेकले यस बिश्वकपमा आफ्नो गोल संख्या चार पुर्याएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s