नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

अर्जेन्टिनाको अपराजित यात्रा

Posted by नेपाली मुटु on June 28, 2010

कस्ले रोक्न सक्ला यो गतिलाई विश्वकप जित्नबाट ? बल दौडाउँदै अर्जेन्टिनाका लिओनेल मेस्सि

दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले मेक्सिकोलार्इ ३-१ ले पराजित गरेको छ।

खेलको २६ औं मिनेटमा अर्जेन्टिनाका कार्लोस टाभेजले अर्जेन्टिनाको तर्फबाट पहिलो गोल गरेको थियो। उक्त गोल अफसाइडरहेको भनी मेक्सिकन खेलाडीहरूले बिरोधगरेतापनि इटलिएन निर्णायक रोबर्टो रोसेट्टीलार्इ यसबाट केही प्रभाव परेन। यस विवादस्पद गोल पछी अर्जेन्टिना झन शसक्त देखिन थाल्यो। यसको लगत्तै अर्जेन्टिनाकालागि गोन्जालो हिगुयानले खेलको ३३ औं मिनेटमा दोस्रो गोल गरेका थिए। यस गोलका साथ गोन्जालो हिगुयानको यस बिश्वकपमा आफ्नो गोल संख्या चार पुर्याएको छ।

मध्यान्तर पछाडी खेलको ५२ औं मिनेटमा अर्जेन्टिनाका कार्लोस टाभेजले अर्जेन्टिनाको तर्फबाट तेस्रो गोल गरेका थिए। खेललाइ अर्जेन्टिनाले पुरै नियन्त्रणमा राखेको थियो। खेलको ७१ औं मिनेटमा मेक्सिकोका जेभिएर हर्नाण्डेजले मेक्सिकोका लागि सान्त्वना गोल गरेका थिए।

खेलको सम्पुर्ण आधिकारिक जानकारी थाहा पाउँन भित्र आउँनुहोस्

Leave a comment