नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

विश्वकप रणसंग्राम, को को भिड्छन् को को सँग

Posted by नेपाली मुटु on June 26, 2010

समुह एच् को अन्तिम चरणको खेलको समाप्तिसँगै अन्तिम सोह्रमा जाने टिमको पनि छिनोफानो भएको छ । विश्वकप कुनै रणसंग्राम भन्दा कम छैन भनेर समुह चरणका खेलहरुले स्पष्ट पारिसकेका छन् । यस पटकको विश्वकपको समुह चरण पनि कम रोमाञ्चक भएन, अनौठा र चमत्कारिक नतिजाहरुले धेरै समर्थकलाई स्तब्ध पा¥यो भने आकस्मिक खुसी हुनेको संख्या पनि उल्लेख्य नै रहेको छ । एसियालाई तुलनात्मक रुपमा कम आँकिए पनि समुह चरणको खेलमा एसियाको उपस्थिती सम्मानजनक रह्यो । जापान र दक्षिण कोरिया आफ्नो छुट्टै खेल बिधीको सफलता देखाउँन सफल रहे । युरोपेली समुहका लागि यो विश्वकप त्यती फलदायी रहेको छैन । युरोपेली महारथीहरु एक पछि अर्को ढलिरहदा दक्षिण अमेरिकन टिमहरु विश्वकपमा आफ्नो दाबेदारी अझ मजबुत बनाउँन सफल भईरहे । दाबेदार भनिएका कतिपय टिमहरु समुह चरणबाट नै घर फर्किन बाध्य भए पछि यसपालीको विश्वकप धेरै हदसम्म अनुमान भन्दा बाहिर गएको थाहा हुन्छ । यसैले त भनिन्छ, खेलको आँखा हुदैन ।

विश्वकपमा को को कसरी अघिल्लो चरणमा पुगे र, अब कोसँग कहिले भिड्नेछन् ।

समुह ए
यो समुहमा दुइपटकको विश्वकप विजेता उरुग्वेको साथमा मेक्सिको, आयोजक साउथ अफ्रिका र अघिल्लो विश्वकपको Finalist फ्रान्स थिए । अहिले सम्मको कुनै आयोजक समुह चरणबाट नबाहिरिएको इतिहास र फ्रान्सको दह्रो उपस्थितीले यो समुहबाट अन्तिम १६ मा पुग्ने टोलीमा यि दुइ राष्ट्रलाई नै मानिएको थियो । तर समुह चरणको पहिलो खेलमा बराबरी खेले पनि दोस्रो खेलमा साउथ अफ्रिका उरुग्वेसँग ०–३ ले र फ्रान्स मेक्सिकोसँग ०–२ ले पराजित भए पछि अकं तालिकामा यी देशहरु तल परे । अन्तिम खेलमा आयोजक राष्ट्रसँग २–१ ले पराजित भए पछि अकं तालिकाको पुछारमा रहेर फ्रान्स बाहिरियो भने गोल अन्तरका कारण मेक्सिकोसँग बराबरी अकं भएर पनि आयोजक दक्षिण अफ्रिका इतिहासमै समुह चरण नकाट्ने पहिलो आयोजक बन्यो । उरुग्वे अकं ७ लिएर समुहको बिजेता बनेर अन्तिम १६ को टिकट पायो ।

समुह बि
यो समुहमा अर्जेन्टिना, दक्षिण कारिया, ग्रिस र नाईजेरिया थिए । यो समुहको सबै खेलहरु रोमााञ्चक थिए । विश्वकपको दाबेदार अर्जेन्टिना समुह चरणका सबै खेलहरु माथि कब्जा जमाउँदै अकं ९ सहित समुह चरणको विजेता बनेर अर्काे चरणमा प्रवेश ग¥यो । समुह चरणको पहिलो खेलमा ग्रिसलाई २–० ले हराएको जापान, अर्जेन्टिनासँग ४–१ ले पराजित भए पनि नाईजेरियासँग बराबरी खेलेर अर्काे समुहमा जान सफल भयो । ग्रिस र नाईजेरिया क्रमशः अकं ३ र १ लिएर घर फर्के ।

समुह सि
यो समुहमा इङ्गल्याण्ड, अमेरिका, स्लोभेनिया र अल्जेरिया थिए । यो समुहको खेलहरु त्यती रोमाञ्चक नरहे पनि नतिजा भने रोमाञ्चक नै रह्यो । अघिल्ला दुबै खेल बराबरी खेलेका अमेरिका र इङ्गल्याण्ड अन्तिम खेलसम्म आईपुग्दा अंक तालिकामा स्लोभेनिया भन्दा तल थिए । तर समुह चरणको अन्तिम खेलमा स्लोभेनियालाई १–० ले पराजित गरी इङ्गल्याण्ड र इन्जुरीसमयमा अल्जेरियामाथि एक गोल गरेर अमेरिका अन्तिम सोह्रमा पुग्न सफल भए । गोल अन्तरको कारण अमेरिका समुहको विजेता बन्यो ।

समुह डि
यो समुहमा जर्मनी, घाना, अष्ट्रेलिया र सर्विया थिए । समुह चरणको दोस्रो खेल सर्वियासँग १–० ले हारेको जर्मनी अन्य दुइ खेल जित्दै अंक ६ को साथ समुह विजेता भएर समुह चरण पार ग¥यो । घानासँग अंक बराबरी गरेको अष्ट्रलिया जर्मनीबाट ४ गोलको हार खानु परेकाले गोल अन्तरका कारण समुह चरणबाटै फर्किनु प¥यो भने घाना अंक ४ का साथ समुहको उपविजेता भएर अर्को चरणमा उक्लियो । जर्मनीलाई हराएको सर्विया अंक ३ मा सिमित रह्यो ।

समुह इ
यो समुहमा नेदरल्याण्ड, जापान, डेनमार्क र क्यामरुन थिए । समुहका सबै खेल जित्दै नेदरल्याण्ड समुह विजेता बनेर अर्काे चरणमा प्रवेश पायो भने समुहका दुइ खेलमा जित दर्ता गराएर जापान समुहको उपविजेता बनेर अर्काे समुहमा प्रबेश ग¥यो ।

समुह एफ्
यो समुहमा पाराग्वे, स्लोभाकिया, न्युजिल्याण्ड र इटाली थिए । डिफेन्डिङ च्याम्पियन इटालीलाई केहि सजिलो मानिए पनि इटालीले समुह चरणको पहिलो दुबै खेलमा बराबरी खेलेर दुइ खेलबाट दुइ अंक मात्र लिन सक्यो । अन्तिम खेल जित्नै पर्ने बाध्यता भएको इटालीले रेफ्रिको विवादास्पद निर्णयको कारण स्लोभेकियासँग ३–२ को पराजय भोग्दै समुहको पुछारमा रहेर समुह चरणबाट नै घर फर्किन बाध्य भयो । अंक ५ सहित पाराग्वे र अंक ४ सहित स्लोभेकिया क्रमशः समुह विजेता र उपविजेता भएर अर्काे समुहमा प्रवेश गरे ।

समुह जि
विश्वकप २०१० मा Group of death उपनाम पाएको समुह जि मा फुटबलका महारथीहरु ब्राजिल, पोर्चुगल, आइभोरिकोस्टसँग एसियाली राष्ट्र उत्तर कोरिया थियो । समुह चरणको दुइ खेलमा जित दर्ता गराए पनि अन्तिम खेलमा पोर्चुगलसँग बराबरी खेले पछि अंक ७ लिएर समुह विजेता बन्यो भने पोर्चुगल उत्तर कोरियालाई ७–० ले हराउँदै र बाँकी खेल बराबरी गरेर अंक ५ सहित समुह उपविजेताको हैसियतमा अर्को चरणमा प्रवेश ग¥यो । ड्रोग्बाको आईभोरिकोस्ट टिम अंक ४ मात्र बनाएर घर फर्किन बाध्य भयो ।

समुह एच्
यो समुहमा स्पेन, चिली, स्विट्जरल्याण्ड र होण्डुरस थिए । स्पेन र चिलीको समान अंक ६ भए पनि गोल अन्तरका कारण स्पेन समुह विजेता बन्दै अन्तिम १६ मा पुग्यो भने चिली उपविजेतामा सिमित रह्यो । एउटा खेलमा स्पेनलाई जितेर छक्क पारेको स्विट्जरल्याण्डले अर्काे कुनै नतिजा आफ्नो पक्षमा पार्न नसक्दा खेलबाट बाहिरियो ।

को को भिड्छन् को को सँग र कहिले ? थाहा पाउँन भित्र आउँनुहोस्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s