नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नेदरल्याण्ड तथा जापान दोस्रो चरणमा

Posted by नेपाली मुटु on June 25, 2010


दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह इ अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट नेदरल्याण्ड तथा जापान दोस्रो चरणमा प्रवेस पाएको छ । डेनमार्क तथा केमेरून भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

यस समुहको जापान तथा डेनमार्क बीच भएको महत्वपूर्ण खेलमा, जापानले डेनमार्कलार्इ ३-१ ले हराउदै दक्षिण कोरिया पछी प्रिक्वाटरफार्इनलमा प्रवेश गर्ने दोस्रो एसियाली राष्ट्र भएको छ। यस भन्दा अगाडीपनि २००२ को बिश्वकपमा यी दुबै एसियाली राष्ट्रहरू एक साथ समुहचरणबाट अगाडी पुगेका थिए। जापानका केसुके होण्डाले खेलको १७ औं मिनेटमा फ्रिकिक बाट जापानका लागि पहिलो गोल गरेको थियो। पछी ३० औं मिनेटमा यासुहितो इण्डोले दोस्रो गोल गरेका थिए। खेलमा डेनमार्कले गोल गर्ने अनेकौं प्रयास पछी खेलको ८१ औं मिनेटमा टोमासनले एक गोल फर्काएका थिए। तर खेलको ८७ औं मिनेटमा सिन्जी ओकाजाकीले फ्रिकिक बाट जापानका लागि तेस्रो गोल दाग्दै बिजय सुनिश्चित गरेको थियो।

यस समुहको अर्को खेलमा नेदरल्याण्डले केमेरूनलार्इ २-१ ले हराउदै तीनै खेलमा बिजय प्राप्त गरेको छ। खेलको ३६ औं मिनेटमा रबिन भ्यान पर्सीले नेदरल्याण्ड लागि पहिलो गोल गरेको थियो। खेलमा कैमरूनले गोल फर्काउने अनेकौं प्रयास पछी खेलको ६५ औं मिनेटमा भ्यान डे भार्टले फल प्रहार गरेपछी पाएको पेनाल्टीलार्इ सदुपयोग गर्दै सामुएल इटोले एक गोल फर्काएर वरावरीमा पुर्याएका थिए। तर खेलको ८३ औं मिनेटमा कालास जान हन्टरले नेदरल्याण्डका लागि दोस्रो गोल गरेका थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s