नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

एसियाको दाबेदारी कायमै, महारथीहरु बाटो लाग्दै

Posted by नेपाली मुटु on June 23, 2010

३२ राष्ट्रको सहभागिता, फुटबलको सबै भन्दा ठुलो पर्व र यसपाली पहिलो पटक अफ्रिका महादेशमा । यसपाली पनि नयाँ–नयाँ किर्तिमानहरुको आशा गरिएको छ । खेलको आँखा हुदैन । कति बेला को बाहिरिन्छ भन्न गा¥हो छ । तर आशा गरिएका फुटबलका महारथीहरु बाहिरिने क्रम सुरु भईसकेको छ । घर फर्कने चार टोलीको बुधबार बिहान टुंगो लाग्दा दुई अफ्रिकी टिम र दुई युरोपेली महारथी टिम ढलेका छन्। घर फर्कन बाध्य भएका युरोपेली महारथीहरुमा २००४ युरो च्याम्पियन ग्रीस र एक पटकका विश्वकप विजेता र पछिल्लो पटक फाइनलमा पुगेको फ्रान्स रहेका छन्। त्यसैगरी आयोजक दक्षिण अफ्रिका र नाइजेरिया गरी दुई अफ्रिकी पनि बाहिरिएका छन्।

दक्षिण कोरियाका समर्थकहरु जित पछिको खुसी मनाउँदै



दक्षिण कोरियाले मंगलबार राति विश्वकप २०१० को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा दक्षिण कोरियाले नाइजेरियालाई २-२ को बराबरीमा रोक्यो । यसले एसियाली फुटबल महाशक्ति समूहमा अर्जेन्टिनापछि दोस्रो स्थानमा रह्यो । दक्षिण कोरिया विदेशी भूमिमा नकआउट चरणमा पुगेको यो पहिलो पल्ट हो । उसले ग्रिसलाई सुरुआती खेलमा २-० ले पराजित गरेपछि अर्जेन्टिनासँग ४-१ ले पछाडि परेको थियो । नाइजेरियाले यसअघिका दुवै खेलमध्ये ग्रिससँग २-१ र अर्जेन्टिनासँग १-० ले पराजित रहेको थियो ।

डिएगो म्याराडोनाको अर्जेन्टिना समूहको शीर्ष स्थानमा रह्यो । लिग चरणमा अपराजित अर्जेन्टिनाले मंगलबार रातिको खेलमा ग्रिसलाई २-० ले हरायो । अब प्रि-क्वाटरफाइनलमा दक्षिण कोरियाले उरुग्वे तथा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s