नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

ब्राजिल दोस्रो चरणमा/काका खेल्नेछैनन् अर्को खेल

Posted by नेपाली मुटु on June 21, 2010

आइभोरी कोस्टलाई पराजित गर्दै पाँच पटकका विश्व विजेता ब्राजिल विश्वकप फुटवलको दोस्रो चरणमा प्रवेश गरेको छ । लिग चरणका दुवै खेलमा विजयी हँदै ६ अंक सहित ब्राजिल प्री क्वाटर फाइनल प्रवेश गरेको हो । ब्राजिलको जितमा आइतबार राति फाबियानोले २५ औं र ५० औं मिनेटमा गोल गरेका थिए । इलानोले ६२ औं मिनेटमा थप एक गोल गरेको थियो । आइभोरी कोस्टका ड्रोग्बाले ७९ मिनेटमा १ गोल गरेका थिए ।

आइभोरी कोस्टका कप्तान ड्रोग्बा ब्राजिलियन खेलाडी ड्यानी एल्भिसलाई उठ्न सहयोग गर्दै


आइभोरी कोस्टका कप्तान ड्रोग्बाले गोल गरेपछि एकाएक खेल फुटबल हैन, कुस्तीमा परिणत भएको जस्तो देखिएको थियो। जोशमा होस गुमाएपछि दुवै टिमले खेल भावना गुमाए। ८५ औँ मिनेटमा यल्लो कार्ड खाइसकेका काकाले बलभन्दा निकै पर अनावश्यक रुपमा विपक्षी खेलाडीलाई गलत व्यवहार गरेको आरोप लगाउँदै फ्रान्सेली रेफ्री ल्यान्योयले दोस्रो यल्लो कार्डसँगै रेडकार्ड देखाए। उनै रेफ्रीले ब्राजिलका फाबियानोले ह्यान्ड गर्दै गोल गरेको भने मान्यता दिएका थिए। काकाले अब यो खेलमात्र हैन अर्को खेल पनि खेल्ने मौका गुमाए। आजको खेलमा एक गोल गर्न महत्त्वपूर्ण पास दिएका काका बाहिरिएपछि ब्राजिलको जित पनि खल्लो महसूस भयो काकाका भतिजा अर्थात् फ्यानहरुलाई। काकाले पाएको रेडकार्डको विषयमा तपाईँको के प्रतिक्रिया छ ? आफ्नो प्रतिक्रिया छोटकरीमा राख्‍नुहोला। खासमा के भएको थियो भिडियो र फोटो पनि हेर्न भित्र आउनु होला।

फोटोमा हेर्नुहोस् के भएको थियो । फोटो लोड हुन केही समय लाग्न सक्छ है

काकाको करामतको भिडियोमा पनि

सन् २००२ को विश्वकपमा पनि ब्राजिली फरवार्ड रिभाल्डोले एक खालको नाटक गरेका थिए। त्यो खेलमा रिभाल्डोले कर्नर किक हान्न लागेका थिए। तर हाकान अन्कल नामका खेलाडीले बल ऊतर्फ फ्याँकिदिए। बल खुट्टामा लागेको थियो तर अनुहार छोप्दै उनी ढले। रेफ्रीले अन्कललाई रेडकार्ड देखाएर बाहिर पठाइदिए। हेर्नुस् त त्यतिबेलाको भिडियो-

खेलको पुर्ण तथ्याकं यस्तो थियो :-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s