नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

उरुग्वे ३-० दक्षिण अफ्रिका

Posted by नेपाली मुटु on June 17, 2010


उरुग्वेले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप आयोजक दक्षिण अफ्रिकालाई बुधबार अबेर राती भएको खेलमा ३-० ले पराजित गरेको छ । जितसँगै चार अंक जोडेको उसको दोस्रो चरण प्रवेश गर्ने संभावना पनि बलियो भएको छ । यसअघि उसले पहिलो खेलमा फ्रान्ससँग गोल रहित नतिजा निकालेको थियो । उरुग्वे १९३० र १९५० को विश्वकप विजेता हो ।

अघिल्लो खेलमा मेक्सिकोसँग १-१ को बराबरी गरेको दक्षिण अफ्रिकाको नकआउट खेल्ने संभावना फ्रान्ससँगको समूह चरणको अन्तिम खेलले निर्णय गर्नेछ । अन्य खेलको परिणाममा पनि उसको यात्रा निर्भर हुनेछ । विश्वकपको इतिहासमा अहिलेसम्म कुनैपनि आयोजक समूह चरणबाटै बाहिरिएको छैन । त्यो परम्परा जोगाउने चुनौतीबाट दक्षिण अफ्रिका गुज्रनेछ ।

स्पेनी क्लब एट्लेटिको म्याडि्रडका स्ट्राइकर डिएगो फोर्लानले उरुग्वेको लागि महत्वपूर्ण भूमिका निभाउँदै दुई गोल गरे । दक्षिण अफ्रिकी खेलाडीले फल खेलेपछि प्राप्त पेनाल्टीलाई २४ औं मिनेटमा गोलमा परिणत गरेका उनले ८० औं मिनेटमा फेरि बललाई जाली चुमाएका थिए । तेस्रो गोल अल्भारो परेराले इन्ज्युरी टाइममा गरेका थिए ।

दक्षिण अफ्रिकका गोल किपर Itumeleng KHUNE ले खेलको ७६औ मिनेटमा रातो कार्ड पाएर बाहिरिनु परेको थियो । त्यस्तै दक्षिण अफ्रिककै अन्य दुई खेलाडीले पहेलो कार्ड पाए । भने उरुग्वेका कोही पनि खेलाडीले कुनै कार्ड पाएनन् ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s