नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

कमिलाले पाँच जिल्लाको मोवाइल र इन्टरनेट सेवा अवरुद्ध

Posted by नेपाली मुटु on June 1, 2010

नेपाल टेलिकमले चुरे मकवानपुरको चुरेक्षेत्रमा ओछ्याएको अप्टिकल फाईबर केवलमा कमिलाका कारण समस्या उत्पन्न भएपछि पाँच जिल्लाको मोवाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुँदा बारा, पर्सा, रौतहट, महोतरी, सर्लाहीका उपभोक्ताहरू मर्कामा परेका छन् । हेटौंडाबाट १२ किलो मिटर दक्षिण खण्डको चुरे जङ्गलमा बिछ्याइएको एउटा अप्टिकल फाइवर केबलको ज्वाइन्टमा समस्या आएपछि आज बिहान सवा पाँच बजेदेखि यस क्षेत्रको जीएसएम, सिडिएमए र इन्टरनेट सेवा प्रभावित भएको हो ।

प्रत्येक चार किलोमिटरमा जमिन मुनी ओछ्याइएको अप्टिकल फाइबर केबुल तारभित्र कमिला छिरेर थुक्ने गर्दा त्यसबाट जालो बन्दै गएर समस्या उत्पन्न हुने गरेको नेपाल टेलिकम क्षेत्रीय निर्देशानलय वीरगन्जका इन्जिनियर रामजतन ठाकुरले जानकारी दिनुभयो । समस्या उत्पन्न भएका स्थानमा कार्यालयबाट प्राविधिक टोलीले पुगी मर्मत सम्भार गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो त कुन्ताकी बुहारी भटमास खाकी भने जस्तो पो भयो त । बिनाकारण लाईन काटिएर, नेटवर्क बिजी देखाएर ग्राहकको फजुल खर्च बढाईरहेको नेपाल टेलिकमको लागि त उत्तम बहाना नै हुने भयो नि । नेपाल टेलिकमको भाग्यलाई पनि मान्नै पर्छ बा ।।

Leave a comment