नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

हिजो बुद्ध जयन्ती : आज क्रुद्ध सन्तती

Posted by नेपाली मुटु on May 28, 2010

अहिले रातको १२ बजिसकेको छ । आफ्नो काम गर्ने समय केहि बचाएर यो आधारातमा म कम्प्युटरको किबोर्ड बजार्दैछु । मलाई यो रात केहि लामो भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ । तर समय मेरो वास्ता गरेर मेरो लागि रोकिने होइन । मलाई अहिले आफ्नो सानो काम भन्दा देशको हालतको बढि चिन्ता लागिरहेको छ । अब हाम्रो सपना उम्रने साझा थलो संविधान सभाको समयअवधि सकिन २४ घण्टा पनि बाँकी रहेन । यो काउन्टडाउन सँगै सँधै शान्तिमा रमाउँन खोज्ने नेपालीमनको सपना धुलिषाद हुन लागिरहेको छ । यो सोचेर मलाई निदाउँन गा¥हो भइरहेको छ । कसैलाई लाग्ला यो बेकारको संवेदना हो, तर अशान्तिको त्यो ताण्डव र आफ्नाबाट आफ्नै मारिएको सुनेर तर्सिनु पर्ने भयावह समय फेरि आउला कि भन्ने डर त पक्कै बेकार नहोला । आधारातमा आएको सर्चमा आफ्नै नाम भन्न पनि भक्भकाउँनु पर्ने दिनको त्रासदी पक्कै पनि बेकार नहोला । यही डरमा म अनिदो छु । भोली उठ्न अलिक ढिलो भयो भने बन्दुकको कुन्दा ज्यानमा बर्जिन नपाओस् भनेर कम सुत्ने रिहर्सल गर्दैछु । मेरो भविष्य लेख्छु भनेर काटमाण्डौको भिडमा हराएका मेरा नेताहरु पनि म जस्तै अनिदो नै होलान् र ? मेरो मन भित्र डरलाग्दो क्रुद्धता भरिदैछ ।

Advertisements

One Response to “हिजो बुद्ध जयन्ती : आज क्रुद्ध सन्तती”

  1. Govinda Ghimire said

    PHERI ASANTI KA KURA CHHAN…?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s