नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

खुल्यो बाटो संविधान संशोधनको तर….

Posted by नेपाली मुटु on May 24, 2010

राजनीतिक सहमतिबाट संविधानसभाको म्याद थप्न वैधानिक अड्चन नभएको निचोड निकाल्दै सर्वोच्च अदालतले अन्तरिम संविधान संशोधनको बाटो खुला गरिदिएको छ।

न्यायाधीश खिलराज रेग्मी र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले आइतवार राजनीतिक सहमतिबाट अन्तरिम संविधान जारी भएको स्मरण गराउँदै सुविधा सन्तुलन र अपुरणीय क्षतिको दृष्टिकोणले पनि म्याद थप्न सकिने निर्णय दिएको हो।
संविधानको धारा ६४ ले दुई वर्षभित्रै संविधान बनाइसक्नुपर्ने परिकल्पना गरेकाले संविधान संशोधन गर्नु असंवैधानिक हुने र त्यो अधिकार राजनीतिक दललाई नभएको दाबी गर्दै बैशाख २ गते भरत जङ्गमले रिट दायर गरेका थिए। रिटमा सरकारले अवैध रुपले संविधान संशोधनका लागि संसदसमक्ष विधेयक प्रस्तुत गर्न लागेकाले उक्त कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको थियो। इजलासले अन्तरिम संविधान निर्माणको पृष्ठभूभी र दिशा नर्देशको व्ष्याख्या गर्दै रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश जारी हुने अवस्था नरहेको निर्णय सुनाएको छ ।

‘अन्तरिम संविधानको प्रस्तावनामा जनताले संविधान आफै बनाउन पाउने अधिकार प्रत्याभुति गर्दै नयाँ संविधान नबनेसम्म राजनीतिक सहमतिबाट तयार भएको अन्तरिम संविधान जारी गरिएको उल्लेख छ,’ आदेशमा भनिएको छ- ‘अन्तरिम संविधान राजनीतिक सहमतिबाट तयार भएको परिप्रेक्ष्य र धारा १४८ बमोजिम सुविधा सन्तुलन र अपुरणिय क्षतिका दृष्टिले निवेदकको माग बमोजिम अन्तरिम आदेश हुने अवस्था देखिएन।’

तर अदालतले निर्णय गरे जस्तो सरल छैन संविधान निर्माण । दलहरुमा मतभेद यत्ति धेरै देखिन थालेको छ कि यसको आयु अनन्तकालसम्म थपे पनि संविधान बन्ने छैन । जनता प्रतिको उत्तरदायीत्व बिर्षेर नेताहरु दलालीमा फसेका छन् । देशलाई नयाँ संविधान दिन्छु र संविधानसभा नै जनताको सर्वाेच्च निकाय हो भनेर सपथ खाएका माधवकुमार नेपाल खुल्लमखुल्ला म संविधानसभाको पक्षमा छैन भनेर भाषण गर्न थालेका छन् । के प्रधानमन्त्रीको यस्तै रवैयाले बन्ला त संविधान ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s