नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

संविधानसभाको पक्षमै नभएका प्रधानमन्त्री

Posted by नेपाली मुटु on May 22, 2010

एक पटक विचार गर्नुहोस् त पौडिन नजान्ने मान्छेलाई करौडौको हिरा नदि पारी लगिदे भनेर दियो भने के हुन्छ ? मान्छे डुब्छ, हिरा हराउँछ, उद्देष्य प्राप्ती हुदैन । त्यस्तै भयो हामीसँग । हामी पीर गरेर बसिरहेका छौं किन बनेन हाम्रो संविधान भनेर । हामी नेपालीको साझा सपना हो संविधान । यसका लागि भनेर धेरै नेपालीको रगत र पसिना बगेको छ । तर यो समयमा नबन्ने नै भयो । किन थाहा छ ? हामीले पौडिन नजान्ने मान्छेलाई हिरा दिएर नदि पारी लगि’दे भनेछौं ।
माओवादीको सरकार ढल्ने बित्तिकै देशमा संविधान बनाउँछु भनेर प्रधानमन्त्रि भएका माधवकुमार नेपालले संविधान जारी गरिसक्नु पर्ने समय ६ दिन मात्र बाँकी रहदा भने, ‘म त संविधानसभाको पक्षमा भएको मान्छे नै होइन । खाली माओवादीलाई खुसी पार्न मञ्जुर भएको हुँ । मलाई त संविधान अर्कै तरिकाबाट बनाउँन मन थियो ।’ अब भन्नुहोस् न, संविधान नबन्नु के आश्चर्य भयो ?
मेरो छाला गैडाको जस्तो भयो त भन्थे माकुनेजी । अब त हो भन्ने पक्का भयो । उनी पुरै गैडा भइसकेछन् । हामी पो कति मुर्ख यस्ताले संविधान बनाउँछन् भनेर मख्ख परेर बस्यौ । तर हामीले जति विरोध गरे पनि केहि हुदैन । भारत दाहिना हुञ्जेल माधवकुमारका राम्रा दिन आइरहन्छन् । बिचरा ! माओबादीको पो माया लाग्न थाल्यो । माधवकुमारको सरकारले संविधान बनाउँदैनन् भनेर जनतालाई बुझाउँन के मात्र गरेनन् । यो गर्नुको साटो माधवकुमारलाई नै भन्न भनेका भए अस्ति भनिदिने रहेछन् ।

संविधानसभाको पक्षमा आफु नभएको माधवकुमार नेपालको वाणीको भिडियो हेर्न क्लिक गर्नुहोस्–

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s