नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

वाह ! क्या बोल्छन् हाम्रा प्रधानमन्त्री

Posted by नेपाली मुटु on May 18, 2010

प्रधानमन्त्री माधवकुमार नेपालको छाला मात्र होइन बिचार पनि गैडाको नै भएको रहेछ । उनले माओबादीलाई पछार्ने गरि राष्ट्रवादी कुरा गर्न थालेका छन् । विदेशी प्रभुको सामू गलेको भन्ने आरोपलाई दुत्कार्ने मात्रै होइन उनले विदेशीलाई पनि तथानाम गाली गर्न थालिसकेका छन् । बेलायतको फाइनान्सियल टाइम्स पत्रिकामा हिजो छापिएको अन्तर्वार्तामा उनले नेपाललाई उपनिवेश बनाउन नखोज भनी चेतावनी दिएका छन्। हाम्रा लागि कुनै पनि प्रभु छैनन् भन्दै उनले आफूहरुलाई निर्देशन, हस्तक्षेप र कुटनीतिक मर्यादा विपरीतको भाषा नस्वीकार्ने बताएका छन्। आफ्नो काममा मात्र चासो राख्न् पनि उनले विदेशी कुटनीतिज्ञहरुलाई सुझाव दिएका छन्।

सुन्दा त उनलाई साष्टाङ्ग दण्डवत् गरु झै लाग्छ तर यो कुराको सार राष्ट्रवाद वा देशभक्ती होइन । उनले त युरेपियन युनियनबाट सहमतीको सरकार बनाउँन आएको दबाबको विरुद्धमा सो कुरा बोलेको हुन् । हामी कसलाई थाहा छैन र, नेपालमा भारतको भन्दा अरु कसैको हस्तक्षेप चल्दैन । यसैले भारतको माओवादीलाई एक्ल्याउँने नितीको विपक्षमा बोलेको युरेपियन युनियनको विरुद्धमा भारतकै सहमतीमा उनले यो कुरा बोलेको स्पष्ट हुन्छ । यसलाई उनको कुर्सी मोहकै प्रमाणका रुपमा नमान्नु हाम्रा प्रधानमन्त्री माधवकुमार नेपालकै अपमान हुन्छ । आखिर यसको विपरित विचार राख्न सक्ने धरातल नै माधवकुमारले कहाँ राखेका छन् र ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s