नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

माधव नेपाल त ‘गैँडा’ भइसके रे

Posted by नेपाली मुटु on May 17, 2010

माओवादीले अनिश्चितकालीन हड्ताल गर्ने भन्दा देशमा र विदेशमा एक किसिमको भय र आतंक फैलिएको थियो। मे दिवसको पूर्वसन्ध्यामा त चन्दा आतंक भन्दै काठमाडौँका केही व्यापारिक बजार दिउँसै बन्द भए। गुलेली र विस्फोटक पदार्थहरु प्रहरीले पक्रिएको खबर आएकोले भोलिदेखि के हुने हो कसो हुने हो भन्ने आतंक छाएको थियो। मन्त्रीहरुलाई प्रहरीले विशेष सुरक्षाको व्यवस्था गरेको थियो। आन्दोलन कै बेला प्रधानमन्त्रीका सल्लाहकारहरु पत्रकारहरुलाई सोध्थे- कति मान्छे थिए हँ आज फलानो चोकमा, ढिस्कानो चोकमा ? प्रधानमन्त्री माधवकुमार नेपालको मनमा चाहिँ त्यतिबेला के थियो होला हँ ? तपाईँलाई पनि चासो लागेको हुनुपर्छ। तपाईँलाई थाहा छ ? माओवादीले आन्दोलन गर्छु भनेको सुनेर उनी त मनमनै हाँस्नु हाँसेका थिए रे। उनले हिजो एमालेको युवा संघको एउटा कार्यक्रममा भने- माओवादीले आन्दोलन गर्ने बित्तिक्कै कतिपय मान्छेलाई आकाशै खस्ने लागेको थियो । म उनीहरुको कुरा सुनेर मनमनै हाँसिराखेको थिएँ। हेर्दै जालान् के हुन्छ। माओवादीको आन्दोलनका लागि मैले एक महिनाको तयारी गरेको थिएँ। मेरो छाला गैंडाको जस्तो भइसक्यो। ३५ वर्षदेखि निरन्तर राजनीतिमा लागेको मान्छे हुँ। कति घोचे कति। सबै सहन गर्ने बानीको विकास हुँदैछ।

सत्ताको मात लागेपछि मान्छेमा अहं भाव आउँदो रहेछ कि के हो, खुबै चर्का कुरा गरे प्रम माधव नेपालले त्यो कार्यक्रममा। उल्टो भएको छ अचेल। माओवादी अलि नरम कुरा गर्न लागेका बेला उनी भने चर्का कुरा गर्दै। हड्ताल कै क्रममा मिडिया समाजका मान्छेहरु भेट्न जाँदासमेत उनले माओवादीविरुद्ध चर्का कुरा गरेर सुन्नेहरुलाई वाल्ल पारेका थिए। व्यापारीहरु भेट्न जाँदा पनि त्यस्तै कुरा गरेर फर्काइदिए।

मिडिया समाजका मान्छेहरु भेट्न जाँदा प्रधानमन्त्रीले यस्तो खालको कुरा गरेका थिए रे प्रत्यक्षदर्शीले सुनाए अनुसार-

स्थानः प्रम निवास बालुवाटार
कुर्सीमा प्रधानमन्त्री माधवकुमार नेपाल विराजमान छन्। नजिकै उनका सल्लाहकार रघुजी पन्त पनि छन्। प्रधानमन्त्रीको अघिल्तिर विभिन्न पत्रिका र टेलिभिजनमा सम्पादक र प्रकाशकहरु छन्। उनीहरु सहमति गरेर निकास निकाल्नु पर्‍यो भन्दैछन्। प्रधानमन्त्री आफ्ना कुरा राख्दैछन्।

प्रधानमन्त्रीः माओवादी अध्यक्ष प्रचण्ड पापी हुन्। १३ हजारलाई मारेको पाप लाग्नेछ उनलाई। एक जना मारेको बराबर एउटा किरा मात्रै हुने भए पनि उनको जिउमा १३ हजार किराले स्याउँ स्याउँ गर्नेछन्। सीधै नर्क जानेछन् उनी। तातो तेलमा…(सल्लाहकारतिर फर्कँदै) तेलमा कि पानीमा रे रघुजी ?

रघुजी पन्तः तेलमा, तेलमा…

प्रधानमन्त्रीः अँ, तातो भक्भकी उम्लिएको तेलमा राखिनेछ प्रचण्डलाई नर्कमा। त्यति भयंकर यातना पाउने छन् उनले। शिवशंकर जी, (एबीसी टेलिभिजनका समाचार प्रमुख शुभशंकर कँडेललाई इंगित गर्दै) तपाईँ बैँक र जनता लुटेको पैसाले मलाई गाली गर्ने ?…..
युथ फोर्सको कार्यक्रममा उनले गरेको कुरा त्यस्तै चर्का थिए। आउनुस् केही अंश हेरौँ उनको त्यो भाषणका-

-युवा संघसँग घनिष्ट रुपमा जोडिएको युथ फोर्स आज सिंगो देशमा शान्तिको पर्यायको रुपमा, आतंकविरुद्ध लड्ने एउटा शक्तिका रुपमा उभिएको छ। आतंक मच्चाउने शक्तिहरु युथ फोर्सको नाम सुन्ने बित्तिक्कै थरहरी हुने गरेका छन् । युथ फोर्सलाई बदनाम गर्नका लागि अनेक किसिमका गलत र मनगढन्ते प्रचार गर्ने गरेका छन् । त्यस्ता गलत प्रचारका पछाडि कुदनु आवश्यक छैन।

-शान्ति सम्झौताको कुरा माओवादीका लडाकाहरुको समायोजन र पुर्नस्थापनासँग जोडिएको छ । एउटा राजनीतिक पार्टी नागरिक पार्टीमा रुपान्तरण भएको छैन, हतियारधारी दस्ता साथमै राखेको छ, अर्धसैन्य संरचना पालेर बसेको छ, सैन्यदस्ता पालेर बस्छ भने त्यो पार्टी राजनीतिक पार्टी हुन सक्दैन । ऊ प्रजातान्त्रिक परिपाटीको रक्षक र लोकतान्त्रिक मूल्य-मान्यताको पक्षपोषक पनि हुन सक्दैन । त्यसकारण आज शान्ति प्रक्रियाको मूल विषय माओवादी लडाकाहरुको समायोजन र पुर्नस्थापना नै हो । यो काम संविधानसभा निर्वाचन पश्चात् ६ महिनाभित्रै सम्पन्न हुनुपथ्र्यो । यसको अर्थ त्यस अवधिमै शिविर खाली भइस्ाक्नुपथ्र्यो । जम्मै शिविर खारेज भइसक्नुपथ्र्यो । तर, अहिलेसम्म पनि शिविरहरु खाली भइसकेका छैनन् । त्यहाँ माओवादीका लडाकाहरु बस्छन् । ती ठाउँमा माओवादीका नेताहरु प्रशिक्षण दिन जान्छन्, लडाकुहरुलाई तालिम दिइन्छ । युद्दका अभ्यास गराइन्छ । त्यसकारण चुनावको प्रक्रियामा सहभागी हुने, लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने, सरकारमा सहभागी हुने तर निजी सेना राख्ने कुरा संसारको कुनै पनि देशमा कल्पना गर्न सकिदैंन । त्यसकारण माओवादीहरुले सबैभन्दा पहिला सैन्य र अर्धसैन्य संरचना सम्पूर्ण रुपमा समाप्त पार्नुपर्छ । यी काम नभएसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त गर्दैन । त्यसैले हामीले भनिरहेका छौं- तपाईंहरुका लडाकुहरु कति संख्यामा पुर्नस्थापना गर्नुपर्ने हो, कति संख्यामा समायोजन गर्ने हो, त्यसबारेमा खुल्ला छलफल गरौं । अहिले माओवादीहरु भनिरहेका छन्- संख्याको बारेमा कुरा नगरौं, त्यतिकै अगाडि बढौं, अनि संख्याका बारेमा टुंगो नलगाएपछि भोलि समस्या खडा हुन्छ कि हुँदैन ? जटिलता सिर्जना हुन्छ कि हुँदैन ? फेरि बहिष्कार गर्छु भनेर माओवादीले निहुँ खोज्छ कि खोज्दैन ? समस्या पन्छाउँदै जाने, जटिलता कायम राखेर अरु विषय हल गर्न खोज्ने, के त्यो सम्भव छ ? त्यसकारण हामीले शान्ति प्रक्रियाको पहिलो मुद्दा माओवादी लडाकुको व्यबस्थापनको कुरा नै सबैभन्दा पहिला टुंगो लगाउँ । एउटा पार्टीसँग सेना र हतियार हुने तर अरु पार्टीसँग सेना र हतियार नहुने, यो त मिल्दै नमिल्ने कुरा हो । सम्भवै छैन । त्यसकारण विगतमा माओवादीले जुन प्रतिबद्धता गरेको छ, विगतमा जुन विश्वास दिलाउन खोजेको छ, ती कुराहरुको पालना हुनुपर्छ । अब उधारो प्रतिबद्धतालाई कसैले पत्याउनेवाला छैन । त्यसकारण कति अवधिभित्र कति लडाकु सुरक्षा फौजमा समायोजन हुने हो, सबैभन्दा पहिला यसको छिनोफानो हुनुपर्छ ।

-माओवादीका सर्बोच्च नेताले भन्छन्- हामी बाघ हौं, अरु स्याल हुन् । माओवादी नेताहरु कस्ता बाघ रहेछन्, हामीले देख्यौं यसपटक । उनीहरुको बाघको हुँकारसामू अरु सबैले त्वं शरणम् गर्लान् भन्ने ठानेका थिए । आफूलाई यसरी दम्भका साथ प्रस्तुत गर्ने गल्ती गर्नुहुँदैन । नेपाली जनतालाईर्, जनतामा रहेको धैर्यतालाई कमजोरीका रुपमा लिनु हुँदैन । अर्को हिसाबमा भन्ने हो भने माधव नेपालको शालिनतालाई कमजोरीका रुपमा पनि लिनु हुँदैन । म प्रचण्डको बारेमा धेरै चर्चा गर्न चाहन्न । म माओवादीहरुका बारेमा पनि धेरै कुरा गर्न चाहन्न । म त कामबाट देखाउन चाहन्छु । बोलीको आधारमा जवाफ दिन चाहन्छु । कामले देखाइसकेको छ- बाघ को रहेछ, स्याल को रहेछ । म विनम्रताका साथ आग्रह मात्रै गर्न चाहन्छु- जिम्मेवार भनिने नेताहरुले आफ्नो बोलीमा नियन्त्रण गरुन् । जिब्रो साइजमा राखुन् । अरुलाई गालीगलौज गर्ने भाषा बन्द गरुन् । अब शालिन हुन सकुन् । हिजो त मान्न सकिन्थ्यो, जंगलमा बसेकाले जंगली स्वभाव विकसित भयो । जंगलमा बस्दा बाघ र भालु जस्ता हिंस्रक जनावरसँग आमन्ने-सामन्ने भएकाले त्यही स्वभाव आएको होला भन्ाी ठान्न सकिन्थ्यो । अब त मान्छेहरुका बीचमा बसेको पनि धेरै भइसक्यो । त्यसैले सभ्य मानिसको स्वभाव विकास गर्नुपर्‍यो नि ! कसरी बोल्नुपर्छ, कस्तो शब्दको प्रयोग गर्नुपर्छ, अरुलाई आदर गर्न पनि जान्नुपर्छ । अरुको पनि सम्मान गर्नुपर्छ, घोचपेच गर्नुहुँदैन । अपमान त झन् गर्नै हुँदैन । कति सिकाउनु ? माओवादीले बोल्यो कि पोल्यो ! बोल्ने पनि ठोक्ने पनि । हुँदाहुँदा पत्रकार, नागरिक समाज, बुद्धिजीवी, कलाकार, लेखक कसैलाई बाँकी राखेनन् । त्यसकारण म भन्छु- तपाईंहरुले यही तरिका अबलम्वन गर्नुभयो भने एक्लो हुनुहुनेछ । तपाईंहरुले अहिलेकै जस्तो उदण्ड क्रियाकलाप जारी राख्नुभयो, पोलपोटकै तरिका अवलम्बन गर्नुभयो भने अन्तिममा तपाईंको अबस्था पनि पोलपोटको जस्तै हुनेछ । मरेपछि मलामी पाउनुहुने छैन, तपाईंका निम्ति दुई थोपा आँशु बगाउने पनि कोही हुने छैनन् । त्यसकारण मैले विनम्र आग्रह मात्रै गर्न खोजेको हुँ । आफ्नो शैली, तरिका, बोली, चिन्तन र दृष्टिकोण सबै फेर्नुस् । लोकतान्त्रिक गणतन्त्र आइसक्यो, अब हामी नयाँ नेपाल निर्माण गर्न गइरहेका छौं । यस्तो बेलामा आउनुहोस्, हातेमालो गर्दै अगाडि बढौं । म नेकपा-एमाले)को नेताको हैसियतबाट मात्रै होइन, देशको प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु- आउनुहोस्, एकता र सहमतिको बाटोमा हामी मिलेर अगाडि बढौं । तर, दम्भ देखाउनुहुन्छ, चुनौति दिनुहुन्छ र पूर्वशर्त राख्नुहुन्छ भने तपाईंका सामू कोही झुक्नेवाला छैन ।

हिजो एक जना नेताले भन्दैहुनुहुन्थ्यो- होइन तपाईं त साह्रै चाम्रो पो हुनुहुँदो रहेछ । जति माओवादीले घोच्यो तपाईं त त्यति दरो हुनुहुँदो रहेछ । मैले भने- मेरो छाला गैंडाको जस्तो भइसक्यो । ३५ वर्षदेखि निरन्तर राजनीतिमा लागेको मान्छे हुँ । कति घोचे कति । सबै सहन गर्ने बानीको विकास हुँदैछ । त्यसकारण प्रधानमन्त्री हुने बितिक्कै मैले भनेको थिएँ- म विष वृक्ष होइन । तर, कल्प वृक्ष पनि हुन्ा सक्दिन । तर अहिले पनि माओवादीलाई छाहारी दिन चाहन्छु । अहिले पनि माओवादीहरु आउन्, छाहारी दिने मात्रै होइन, हातेमालो गर्दै अगाडि बढ्न तयार छु । मिलेर जाऊँ, झगडा गर्नुपर्ने कुनै आवश्यकता छैन । फेरि अर्को धम्कीको भाषा प्रयोग नगरौं, त्यो किमार्थ स्वीकार्य छैन । शान्तिको निम्ति आउनुस्, संविधानका निम्ति आउनुस्, सहमति गरौं । राष्ट्रिय सहमतिको सरकार बनाउन सहमतिका निम्ति आउनुस्, सहमति गरौं । तर, तपाईं राजिनामा पूर्वशर्त भन्नुहुन्छ । राजिनामा कतिखेर हुन्छ, अपराध गरेको छ भने । मैले असंवैधानिक काम गरेको छु भने । मैले कुन् असंवैधानिक काम गरेको छु र तपाईंका सामू मैले घुँडा टेक्ने ? त्यसकारण तपाईं सहमति गर्न चाहनु हुन्छ भने सहमतिकै भाषा बोल्नुस् । सहमतिको गन्तव्यमा पुग्न चाहनुहुन्छ भने सहमतिको वातबरण बनाउनुस् । सहमतिको निम्ति म सहयोगी छु । आउनुस्, मैले त प्रचण्डजीलाई पनि भने – तपाईं ९ महिना बस्नुभएको छ, म १ वर्ष हुन लागिसक्यो । त्यसकारण त्यागै गर्ने हो भने तपाईं र म दुवैले गर्ने । म त समस्या नै होइन । ममा अधिनायकवादी चरित्र र सत्ता लिप्सा छैन । यहाँ त अरु पार्टीलाई भइसक्यो डर । भेट्ने क्रममा ३ सय ३० संख्या भएका पार्टीका नेताहरुले मलाई दृढताका साथ उभिनु पर्‍यो है, हामी सबै तपाईंको साथमा छौं भन्नुभएको छ । अनि माओवादीका साथीहरुलाई तत्व ज्ञान हुन्छ र भन्नुहुन्छ – माधव नेपाल त रिमोट कन्ट्रोलबाट चलिरहेको छ । माधव नेपाल रिमोटबाट चल्ने मान्छे नै होइन । दुनियाँको कुनै पनि शक्तिले रिमोट मात्रै होइन, धाक धम्कीबाट कसैले धम्क्याउन खोज्छ भने त्यसलाई मुखभरीको जवाफ दिने मान्छे हो माधव नेपाल । नेपाल राष्ट्रका लागि दृढताका साथ लड्ने, नेपालको गरिमाका निम्ति शतिसाल झैं उभिने । नेपाली जनताको इज्जत र प्रतिष्ठाका निम्ति सँधैभरी संघर्षरत रहने । नेपालको उन्नती र प्रगतिका निम्ति सँधैभरी लागिरहने व्यक्ति हुो, माधव नेपाल । त्यसकारण उनीहरुको आरोप र धम्कीप्रति मलाई त कहिले काँही दया पनि लाग्छ ।
मैल पढेँ- हामी बाघ हौँ, सबै स्याल । अनि मैले को बाघ र स्याल हो भन्ने कुर्नुपर्छ भन्ने सोचेँ । तर, हप्ता दिन बित्न नपाउँदै बाघ त स्याल भयो । फेरि बाघ बन्ने जमर्को गर्दैछन् । नगरौं, फाइदा हुँदैन । बेकारमा त्यो अभ्यास गरेर कुनै फाइदा हुनेवाला छैन्ा । जनताले शान्ति र संविधान खोजिरहेका छन्, पार्टी र नेताहरुको बीचमा एकता र सहमतिको अपेक्षा गरिरहेका छन् । आउनुहोस्, विश्वास र सहमतिको नयाँ यात्रामा अगाडि बढौं । त्यसकारण सहमति, एकता र सहकार्यका निम्ति हातेमालो गर्दै अगाडि बढ्न म तयार छु । तपाईं सहमतिको कुरा गर्नुहुन्छ, अनि पूर्वशर्त राख्नुहुन्छ । द्वन्द्व बढाउने, वातबरण बिथोल्ने, अरुलाई अपमान गर्ने ढंगबाट चल्न चाहनुहुन्छ भने के मुलुक सहमतिको दिशामा अगाडि बढ्न सक्छ ? सहमतिको बाटोमा जान खोज्ने हो भने सहमतिको भाषा बोल्नुस्, त्यही तरिका अवलम्बन गर्नुस् । म सबैलाई भन्न चाहन्छु- नेपाली जनताको भावनालाई बुझेर चल्नुस्, कोही पनि बाहिरिया शक्तिले नेपाली जनतालाई ईशारा दिन सक्दैनन् र त्यो हामीलाई स्वीकार्य पनि छैन । नेपाली जनताहरु आफ्नो भाग्य र भविष्यको फैसला आफैं कोर्न समर्थ छन् । नेपालको मामिलाको टुंगो नेपाली जनता आफैंले लगाउँछन् । त्यसकारण माओवादीका नेताहरुले विदेशमा दूत पठाउनुपर्ने आवश्यकता छैन । आफैं दूत बाहिर पठाउनुहुन्छ अनि रिमोट कन्ट्रोलबाट चलेको भन्नुहुन्छ । नेपाली राजनीतिको रिमोट कन्ट्रोल संविधानसभाका २५ दलको हातमा छ । नेपाली जनताको हातमा छ । नेपाली जनता भनेको तपाईंको वरीपरी घुम्ने मात्रै होइन ।

-संविधानसभाको म्याद जेठ १४ गते समाप्त हुँदैछ । त्यसैले अहिले संविधानसभाको भविष्य के हुन्छ भन्ने चिन्ता छाएको छ । संविधान नबन्दै संविधान गुम्यो भने के हुन्छ भन्ने लागिरहेको छ । तर, माओवादीहरुले राजिनामा नआएसम्म संविधानसभाको म्याद बढाउँदैनौ भनिसकेका छन् । अनि माओवादीका सामू हामी लत्रिने ? आत्मसमर्पण गर्ने ? यो किमार्थ सम्भव छैन । त्यसकारण कोही कोहीका सामू लत्रिने होइन । कसैले पनि कसैका सामू घुँडा टेक्ने पनि होइन । अहिले मैले कतैबाट सुनिरहेको छु, माओवादीले हड्ताल फिर्ता गर्‍यो रे ! उसले लचकता देखायो, अब पालो सरकारको हो त्यसैले राजिनामा देओस् । कस्तो गजबको कुरा । एउटा घरमा डाका गएछ । घर घेरा हालेर बन्दुग तेस्र्याएछ । मार्दिउँ, मार्दिउँ भनेछ । धेरैबेर तानातान भएपछि उसले भन्ोछ- मैले बन्दुग राखे, अब देखाउँदिन । मैले लचकता देखाएँ त्यसैले भएभरको सम्पति मलाई तिमीले देउ र लैजान्छौ । सहमति गरौं । बन्दुग देखाउने उद्देश्य पनि सम्पतिकै लागि थियो, बन्दुग राख्ने उद्देश्य पनि सम्पतिकै लागि । हडतालको उद्देश्य पनि राजिनामै थियो, हड्ताल फिर्ताको उद्देश्य पनि राजिनामै हो । सहमति गरेर शान्ति र संविधानको लक्ष्य पूरा गर्ने रहेनछ । देश र जनताको विषयमा चिन्ता रहेनछ । चिन्ता भनेको कुर्ची र सत्ता रहेछ । उही कुर्ची र सत्ता थियो भने हिजो किन राजिनामा दिएको ? राजिनामा दिएको भोलिपल्टैबाट उही कुर्ची, कुर्ची भनेको एक वर्षै भइसक्यो । बरु सहमति गरेर ६ महिना तपाईं बस्नुस् मलाई दिनुस् भने पनि भइहाल्थ्यो नि ! फेरि मेरो मन पनि कमलो छ । मलाई भनेको भए भइगयो प्रचण्डजी तपाईं नै बस्नुस् भन्ने हुन्थ्योकि ! अब निहु खोज्दाखेरी अडिइन्छ हेर्नुस् । निहु नखोजेको भए बरु एउटा कुरा हुन पनि सक्थ्यो ।
त्यसकारण म फेरि के भन्न चाहन्छु भने धम्कीको राजनीति छाडिदिनुस् । सत्ता कब्जाको राजनीति त्यागिदिनुस् । नेपालमा तपाईंले सत्ता कब्जा गर्न सक्नुहुन्न, हामीले दिनेछैनौ । तपाईं सत्ता कब्जाको प्रशिक्षण दिनुहुन्छ, निर्णय गर्नुहुन्छ, सबै ठाउँमा प्रचार गर्नुहुन्छ, लेख लेख्नुहुन्छ, अन्तवार्ता दिनुहुन्छ । अनि हामीलाई सत्ता कब्जा गर्न थाल्यो भनेर कूप्रचार गरियो, बदनाम गर्न खोज्यो भन्नुहुन्छ । आफैं बिहान, बेलुका सत्ता कब्जा गर्ने भाषण गर्नुहुन्छ अनि आफैं गुनासो गर्नुहुन्छ । कि तपाईंले सत्ता कब्जाको चर्चा नै नगरे हुन्थ्यो । सडक आन्दोलनबाट घिसारेर ल्याएर माधव नेपाललाई राजिनामा दिन लगाउने भन्नुभएको तपाईं आफैंले होइन ? तपाईंको धमासको सामू कोही डराउनेवाला छ ? सबैमा स्वाभिमान हुन्छ । त्यसकारण यस्ता किसिमका कुरा गर्नु हुँदैन । आउनुस्, बसेर छलफल गरौं र एउटा निकास निकालौं । नेकपा-एमाले)को तेस्रो केन्द्रीय कमिटीको बैठकले एउटा प्रष्ट निर्णय गरेको छ र शुरुदेखि नै भन्दै आएको छ -सहमतिमा अगाडि बढ्न तयार छ । राष्ट्रिय सरकारका निम्ति हाम्रो पार्टी उहिल्यैदेखि तयार छ । तर सहमतिको राजनीति होइन, माओवादीको नेतृत्वमा जसरी पनि हुनुपर्ने, उसको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्ने, माओवादीका सामू सबै लतारिनै पर्ने । यो किमार्थ स्वीकार्य छैन । तपाईं माग गर्नुहुन्छ भने लेनदेन गर्नुस् । हिजोको प्रतिबद्धताको पालना गर्नुस् । समस्या समाधान गर्न सकिन्छ, मैले त जटिल देखिराखेको छैन । जटिल त माओवादी आफैंले बनाइरहेको छ । वातबरण पनि उसैले बिगारेको छ । माओवादीको हित हुने गरी नेकपा-एमाले)को कोही पनि कार्यकर्ताले बोल्न हुँदैन । एमालेका कार्यकर्ताले पार्टीको हितमा बोल्नुपर्छ र पार्टीको हितमा आफूलाई समर्पित गर्नुपर्छ । कार्यकर्ताको मनोवल उठ्नेगरी बोल्यो भने मात्रै एमालेको हित हुन्छ । माओवादीले आन्दोलन गर्ने बित्तिक्कै कतिपय मान्छेलाई आकाशै खस्ने लागेको थियो । म उनीहरुको कुरा सुनेर मनमनै हाँसिराखेको थिएँ । हेर्दै जालान् के हुन्छ । माओवादीको आन्दोलनका लागि मैले एक महिनाको तयारी गरेको थिएँ । त्यस्तै, बिद्रोहका निम्ति केके गर्दैछन् भन्ने बारेमा पनि नियाली रहेको थिएँ । सरकारको प्रमुख हुने तर राज्यको रक्षा गर्न नसक्ने हो भने मभन्दा नालायक अरु कोही हुनसक्छ ? जब राष्ट्रले जिम्मेवारी मलाई दिएको छ भने त्यो पूरा गर्ने दायित्व मेरो काँधमा हुन्छ । सबैको सद्भाव, सहयोग । सुकिलामुकिलाहरुको साथ, मैलाधैलाहरुको साथ, श्रम र बुद्धी दुवैको साथ । मुख्यत: स्वाभिमानको साथ । यी सबैको साथ अवश्य पनि प्राप्त भएको हुनाले सबै व्यक्ति र संस्थालाई म धन्यवाद पनि दिन चाहन्छु । उहाँहरुले साँच्चै जोखिम उठाउनुभयो, शान्तिको भावना उजागर गर्नुभयो र आफूमाथि ज्यादति गर्न खोज्नेमाथि जवाफ दिन तम्सिनुभयो । उहाँहरुलाई म फेरि पनि अन्तरहृदयबाटै आभार व्यक्त गर्न चाहन्छु । (साभारः मेरोसंसार)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s