नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

“शान्ति ! शान्ति !! शान्ति !!!”

Posted by गणेश कार्की on May 8, 2010

भोक लाग्यो,
मैले भात माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

मसँग पाखुरी छ,
मैले जमिन माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म बिरामी छु,
मैले औषधी माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म अज्ञानी छु,
मैले शिक्षा माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म यो देशको नागरिक,
मैले आफ्नो अधिकार माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

मेरो आवाजमा तिमीले बिद्रोह देख्यौ
शान्तिको निकै लामो भाषण ग¥यौ
तिम्रो भाषणले मेरो पेट भरेन,
तिम्रो भाषणले मैले ओत लाग्ने छानो भेटिन,
तिम्रो भाषणले म निको भइन,
तिम्रो भाषण पछि पनि म उस्तै भएँ
भोको, नाङ्गो, रोगी र अज्ञानी
मैले फेरि भात माँगे
मैले फेरि जमिन मागे
मैले फेरि औषधी मागे
तिमीले मलाई अघि नै अज्ञानी भनिसकेथ्यौ
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

तिमीले टन्न खाएकोमा म रिसाएको होइन
तिमीले लगाएको देखेर म रिसाएको होइन
खाली मैले पनि खान पाउँ भने
म मान्छे हुँ, मान्छे हुन देउ भने
तिम्रो ज्ञानले त्यस्तै भन्छ ?
खाली खुट्टा हिड्नेहरु मान्छे होइनन् भनेर
भोका नाङ्गा आङहरु बाँच्ने होइन भनेर
मेरो प्रश्नले तिम्रो शान्ति बिथोलिएछ
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!
मैले मेरो समस्याको कुरा गरे
तिमीले मलाई समस्या देख्यौ
मैले मेरो आवाज बोले
तिमीले बिद्रोह बोलेको सुन्यौ
म अज्ञानी, म नाङ्गो,
म असभ्य, म उदाङ्गो
हातमा जे थियो, त्यही लिएर उठे
ज्ञानका कुरा म बुझ्दिन
गीताका उपदेश म जान्दिन
तिमीले खान दिनु पथ्र्याे
तिमीले आफु जस्तै ठानेर
ज्ञान दिनु पथ्र्याे
तिमीले त चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

Advertisements

3 Responses to ““शान्ति ! शान्ति !! शान्ति !!!””

  1. Karmath said

    भोक लाग्दा जब तिमी भात खोस्नको लागि
    लाठी बोकी अर्काको शिर फोड्न दौड्यौ
    अनि तिमीलाई रोक्दै मैले भने
    शान्ति ! शान्ति !! शान्ति !!!

    पाखुरा सार्दै जब तिमी जमिन कब्जा गर्न को लागि
    खुकुरी बोकी अर्काको घाँटी रेट्न कुदेउ
    अनि तिमीलाई रोक्दै मैले भने
    शान्ति ! शान्ति !! शान्ति !!!

    औषधि नपाई बिरामी भै तिमी कराउँदा
    तिम्रो नाम लिई जब अरु अस्पताल फोर्न दौडे
    अनि तिनलाई रोक्दै मैले भने
    शान्ति ! शान्ति !! शान्ति !!!

    अज्ञानता मेट्न जब तिमी कलम छोडी
    बन्दुक बोक्दै अध्यारो तिर मोडीयेउ
    अनि तिमीलाई रोक्दै मैले भने
    शान्ति ! शान्ति !! शान्ति !!

  2. Bishnu said

    Ganesh
    thanks for posting such a lovely and very nice…………….
    Dods it is really awesome and i am very touched and it compeld me to say peace ……peace ………..peace
    really outstanding ……..
    Hopping much and more ………….will bring in the future……….wish this blog to get much better in the future……..
    thanks
    Bishnu

  3. Govinda Ghimire said

    Really…..
    Peace….peace….and ….peace
    it has touched the inner heart of general public to have their own rights from the government….n …nation
    the violence creates problems and due to that nobody get peace and prosperity.
    the political violence obviously creates such situation and the country should be peaceful rather…
    Really like it

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s