नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

पशुपतिमा एक बिहान

Posted by नेपाली मुटु on April 19, 2010

उनको नाम मनमाया र उमेर ६५ बर्ष भयो रे । उनको घर सुन्दरीजल तिर भन्थिन् । शनिबार र सोमबार पशुपतिनाथको दर्शन गर्न जादैहुनुहुन्छ भने गेट छेउको देब्रे कुनामा याद गर्नुहोस्, उही मनमाया तपाइलाई चप्पल जुत्ता फुकालेर जान भन्दै हुन्छिन् । तपाईले जुत्ता चप्पल राख्ने बेलामा एक पटक सोध्नुहोला, “जुत्ता चप्पल राखेको कति दिनु ?” हासोको फोहोरा छोड्दै उनी भन्छिन्, “दिनुहोस् न, हजार बा¥ह सय ।” अब हास्नु भन्दा अर्काे बिकल्प तपाइसँग कहाँ रहन्छ र ? मैले उनलाई सँधै यही यसरी नै बस्नुहुन्छ भनेर सोधें, उनले जवाफ दिइन्, “शनिबार र सोमबार चैं सँधै नै बस्छु ।” अरु दिन उनी पसल गर्छिन् रे । के को पसल गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै उनले भनिन्, “तपाइ जस्ता तन्नेरीलाई एक छाक हुने आलु र अलिकति खोर्सानी र थोरै मुठ्ठा साग ।”

बाँच्न जानेकी एक बुढ़ी आमै

उनी सँधै जसो हासीरहन्थिन् । केहि रमाइला कुरा गरेर छेउमा बस्नेको ढाडमा प्याट्ट हिर्काउँथिन् ।

जीवन जसरी पनि बाँच्न सकिन्छ । जीवन कस्तो बाँच्ने त्यो तपाईको हातमा हुन्छ । धेरै सपनाहरुले जीन्दगी नै बोझिलो बनाउँछन् कहिलेकाँही । ति बुढि आमैसँग एकदिनको सपना छ, अर्कोदिनलाई सपना देख्न अर्काे दिन नै छदै छ नि । उनले यस्तै भनिन् । सायद जीवनले उनलाई पढाएको पाठ होला यो । उनीसँग केहि छैन तर पनि उनी खुसी छिन्, । यसलाई नै बाँच्ने कला भनिन्छ होला । उनलाई देखेर भन्न सकिन्छ खुसी भएर बाँच्न त्यती गा¥हो रहेनछ । खुसी जे मा पनि हुन सकिदो रहेछ । मात्र एकपटक मनलाई बाँधेर हेर्ने हो भने जे सुकैमा खुुसी हुदोरहेछ । साँच्चै नै खुसी हुन कत्ति पनि गा¥हो छैन । आफ्नो हातको अन्न परेवाले खाएको हेरेर पनि खुसी हुन सकिन्छ । चारो टिपीरहेका परेवा केटाकेटी उडाएर मज्जा लिएको देख्नु भएको छ ? हामी त्यस्तो किन गर्न सक्दैनौं ? पशुपतिको एक बिहानले धेरै पाठ पढायो मलाई । अनि मैले सोचे हाम्रो सोचाइमा कमजोरी छ । खुसी हुनलाई कारण पर्खिने हाम्रो सोचाइले नै हामी दुखी छौ । धेरै ठुला सपनाहरुले खुसीहरुलाई किल्चिदो रहेछ र, आफ्नै आँखा अगाडिको खुसी नदेखेर हामी भौतारिदो रहेछौ ।

परेवा खेदाएर खुसी हुदै एक बालक

हामी सबै यस्तै सोच्छौ कि बिबाह पछि खुसी मिल्छ । यसैले बिबाह अगाडिका हरेक पललाई हामी निरर्थक बनाउँछौ । लुगा धुनु, खाना पकाउनु, एक्लै साँझमा घुम्न निस्कनु यी सबै कुरालाई हामी खाली काम र समय कटाउँने उपायका रुपमा परिभाषित गर्छाै र, कोठा फर्किदा थकित भएर फर्किन्छौ । अबिबाहित समय यसरी नै बित्छ । जब बिहे हुन्छ तब पनि केहि दिन पछाडि पुन जिन्दगीसँग गुनासो गर्न थाल्छौ र, सोच्छौ छोराछोरी भए पछि सुख हुन्छ । छोराछोरीको बोझ सम्झेर फेरि सोच्छौ यी ठुला भए पछि सुख मिल्छ । छोराछोरी ठुला हुन्छन् र सपनाको बोझले तिनीहरु पनि कताकता लाग्छन् र फेरि हामी निराश हुन्छौ । अनि जीवन कति नै लामो छ र ? सुखभोग गर्ने लालच लिएरै हामी संसारबाट बिदा हुन्छौं ।

आखिर जीन्दगी सपना बोकेरै बाँच्नु छ भने भोलीका लागि किन आज सपना बोकेर आज बेकारको बनाउँने ? बुढि आमैले भने जस्तै गरि भोलीका लागि भोली नै सपना देखौ न ।

Bookmark and Share

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s