नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

लौ ! त्रि. वि. को वेभसाइट पनि रहेछ ।।।

Posted by नेपाली मुटु on April 17, 2010

फुर्सदमा हुनुहुन्छ भने www.tuexam.edu.np मा click गरेर हेनुहोस्, यो नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट हो । तर जब click गरेर त्यसको पेज खोल्नुहुन्छ तब तपाईलाई लाग्छ, साँच्चै त्रि.वि. पुरानो रहेछ । पुरानो भएर अब त बुढो पनि भएछ ।

बुढो हुनुको अर्थ हो, आफ्नो अङ्गहरु राम्ररी नचल्नु, घटिरहेका घटनाहरुसँग सँगै चल्न नसक्नु र यसको परिणति हो आफु भन्दा कान्छाहरुसँगको दौडमा धेरै पछि पर्नु । यी सबै बिशेषता बुढेशकालका हुन् भन्ने तपाई मान्नुहुन्छ भने यो पनि मान्न करै लाग्छ कि त्रि.वि. साँच्चै नै बुढो भएको छ । यसको सबुद प्रमाणको रुपमा तपाई भेट्न सक्नुहुन्छ त्रि.वि.को वेभसाइटलाई ।

वेभसाइटको सुरुमै देखिन्छ, परिक्षा नियन्त्रण कार्यालयको कर्तव्यको विवरण । र, साथै लेखिएको छ, यसले २५० भन्दा बढि क्याम्पस र चार लाख बिद्यार्थीहरुका विभिन्न कामहरु गर्दछ । साथै २७११ भन्दा बढि बिषयको परिक्षा लिनु पनि यसको दायित्व हो । यसका लागि यसमा दुइसय भन्दा बढि कर्मचारीहरु कार्यरत छन् । यसमा ताजा परिक्षाको नतिजा भनेर प्रविणता तर्फ २०६६ कार्तिक २९ को परिक्षाफल र स्नातकोत्तरमा एम्.ए. साइकोलोजीको २०६६ माघ २० को परिक्षाफल राखिएको छ । सुचनापेजमा सम्पुर्ण विद्यार्थीहरुलाई ट्रान्स्क्रिप्टका लागि जमल स्थित कार्यालयमा सम्पर्क राख्न भनिएको छ । तर जमलमा अहिले त्रि.वि.को कार्यालय छैन । अझ हास्यास्पद कुरा त यो छ कि तपाई २०७५ सालको परिक्षाफल अग्रिमरुपमा त्रि.वि.को वेभसाइटमा हेर्न सक्नुहुनेछ ।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय हो । योजना आयोगका कर्मचारी देखि लिएर नेता तथा अन्य प्रायः सम्पुर्ण कर्मचारीहरु त्रिभुवन विश्वविद्यालयका उत्पादनहरु हुन् । त्रिभुवन विश्वविद्यालयकै शिक्षा पाएर सबैले आफ्नो जिवन सुधारेका छन् तर त्रिभुवन विश्वविद्यालय आफु दिनानुदिन जिर्ण बन्दै गइरहेको छ । यसको जिम्मेदारी कसैले लिन चाहिरहेका छैनन् । आखिर कहिले सम्म त्रिभुवन विश्वविद्यालय यसरी बाँचिरहन सक्छ ? शिक्षालयहरुको बुढ्यौलीले सभ्यतालाई अपागं बनाउँछ भन्ने हामीले कसरी बिर्षन सक्यौं ?

Bookmark and Share

Leave a comment