नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

लुटेराले भने, “ माइन्ड नगर्नु होला ।”

Posted by नेपाली मुटु on April 11, 2010

यो लेख मिति २०६६ बैशाख १ को नागरिक दैनिकमा छापिएको छ

कुकुर जति नै बलियो होस्
घाटबाट कपडा ओसार्न गधा नै चाहिन्छ ।
गधा जति नै चनाखो होस्
राती भुक्न कुकुर नै चाहिन्छ ।।

यो कविता मैले कतै पढेको छु । यसको कथा पनि छ । कथा एकदम शिक्षाप्रद छ । मालिकले भोकै राखेको रिस पोख्न राती चोर आएको देखेर पनि कुकुर भुक्न नमाने पछि गधाले आफु कराएर चोर आएको सुचना दिन्छ तर आधा रातमा त्यसै कराउँने भनेर गधाले मालिकबाट नराम्ररी कुटाई खान्छ । कथाले भन्छ कि सबैको आ–आफ्नै काम हुन्छ । जब यो कार्यविभाजन हुदैन, विभिन्न दुष्परिणामहरु निस्कन्छन् । मलाई एक्कासी त्यो गधा र कुकुरको सम्झना भयो जब काठमाण्डौमा डिआइजीको घरमा डकैती भयो । डकैती भएको घरमा चार जना सुरक्षाकर्मी बस्ने गर्थे तर घरायसी कामको बोझले थकित उनीहरु घरका अरु मान्छेहरुसँगै निदाउन पुगे । परिणाम घरमा सुरक्षा दिन प्रहरीहरु हुदा–हुदै डकैती भयो । यसलाई कुकुरको काम गधाले गर्दा आउने परिणाम नभनेर के भन्ने ? अचम्म लाग्दो कुरा त ति डिआइजीले अलिकति पनि प्रतिकार गरेनन् वा आफ्नो चातुर्यता देखाएनन् । र, सुरक्षाका कारणले तत्काल प्रहरीमा खबरसम्म गर्न डराए ।

यो डकैतीले हाम्रो अगाडि धेरैवटा अहम् प्रश्नहरु उभ्याइदिएको छ । सुरक्षाकर्मीहरुकै उपस्थितीमा चोरी र डकैती हुन्छ भने सर्वसाधारणले कसरी आफुहरु सुरक्षित भएको अनुभुती गर्ने ? हामी नागरिकको करको पैसा तलब स्वरुप बुझ्ने प्रहरीहरु के का लागि तलब खान्छन् ? सुरक्षाका लागि या आफु भन्दा माथिल्लो पदका बोसहरुको घरायसी काम गर्नको लागि ? देश र जनताको सुरक्षाको लागि प्राणसम्म त्याग गर्न सक्ने भनेर प्रचार गरिएका प्रहरीहरुलाई कुन खालको तालिम दिइन्छ ? जसका कारण उनीहरु आफ्नो सम्पती सम्मको सुरक्षा गर्न सक्दैनन् । घटनाको विवरण थाहा पाउदा अझ डरलाग्दो स्थितीको आंकलन गर्न सकिन्छ । चोरहरुले अन्त्यमा “हामी चोर हौ । यस्तै हो दुःख पाउनु भयो । माइन्ड नगर्नु होला ।” भनेर हात मिलाएर गए भन्ने थाहा पाउदा उनिहरुको मनोबलको अनुमान लगाउन सकिन्छ । अपराधीको यस्तो मनोबलको जिम्मेवार को हो ? सरकार ? सुरक्षा निकाय ? तथा हामी सर्वसाधारण ? यी सवालहरु डरलाग्दो भएर हाम्रो अगाडि उभिएका छन् ।

सुरक्षाको स्थितीको कुरा गरिसक्ने ठाउँ रहेन । राजधानीका सडकहरुमा दिउँसै गोली चल्न थालेका छन् । प्रहरी अधिकृतहरुको घरमा चोरी डकैती बढ्दो छ । अराजकताले सगरमाथा होचो हुने गरि उचाई लिइसक्यो । तालिम प्राप्त भनिएकाहरु लुट्न आएकालाई हात मिलाएर पठाउछन् । प्रहरीहरुलाई आफ्नो संस्था प्रति विश्वास छैन । अझ लाजमर्दाे कुरा सुरक्षाका लागि भनेर गनिनेहरु ठुला पदका अधिकृतहरुको करेसाबारी स्याहार्न र भान्छा हेर्नमा व्यस्त छन् । हिजोसम्म जो उच्च पदाधिकारीको जिम्मा लिएर बसेको थियो उ नै लुटेराहरु सहकार्य गरेको कुरा लाज पचाएर बोलिरहेको छ । सुरक्षा स्थिती कहाँ पुग्यो ? के सक्रंमणकालको नाममा सम्पुर्ण गैर जिम्मेदारी र अराजकतालाई सहन सकिन्छ ?

हाम्रो सरकार एकदम निरिह भएको छ । हाम्रा मान्छे राम्रा हुन या नहुन, जसरी भए पनि बचाउँनु पर्दछ भनेर सोच्ने दलिय गैर जिम्मेवारीपना यस्को मुख्य कारण हुन सक्ला । सरकारको बनोट नै यस्तो छ कि यहाँ कसैले नैतिकताको प्रश्न गर्न नै नसुहाउने भइसक्यो । कुनै मन्त्रिमा प्रधानमन्त्रिको पकड छैन । चोरलाई पुरस्कार र साधुलाई सुली भन्ने कथन सुहाउने भइसक्यो । अझ पनि हाम्रा प्रधानमन्त्रिज्यू पदमा बस्न मरिहत्ते गरिरहेका छन् । अचम्म छ ।।

Bookmark and Share

Leave a comment