नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गर्ने हैन त ब्लाक आउट ? : आज संसारभर ‘ब्ल्याक आउट’ गरिने

Posted by नेपाली मुटु on March 28, 2010

कति बाचिएला यस्तोमा ?

विश्वव्यापी तापमान वृद्धि तथा असामायिक जलवायु परिवर्तनबारे हालसम्म कानमा तेल हालेर बस्ने शक्ति राष्ट्रलाई सचेत गर्ने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले आइतबार संसारभर एक घन्टा बत्ती निभाई बृहत ‘अर्थ आवर’ दिवस मनाउन आह्वान गरेको छ ।

सन् २००७ मा सिड्नीमा मनाउन सुरु गरिएको यस अर्थ आवर दिवस अभियानलाई गुगल, कोकाकोला, म्याकडोनाल्डलगायत अन्य ठूला र विश्वव्यापी सञ्जाल भएका व्यापारिक प्रतिष्ठान तथा अत्यन्त धेरै राष्ट्रले समर्थन गरेकाले यस अभियान अत्यन्त सफल भई प्रत्येक वर्ष मनाइँदै आएकामा निरन्तरता दिन यस वर्ष विश्वका प्रख्यात पर्यटन केन्द्रलगायत अन्य महत्त्वपूर्ण स्थलमा बत्ती निभाइ उक्त दिवस मनाइने भएको छ ।

विश्वका एक सय १५ मुलुकमा अवस्थित ठूला भवन तथा व्यापारिक केन्द्र गरी करोडौँ भवनमा बत्ती निभाउने टि्वटर र फेसबुकजस्ता लोकपि्रय कम्प्युटर प्रोग्रामले आफ्ना नियमित सेवाको सट्टा अँध्यारो पर्दामात्र प्रदर्शन गरी सो अभियानलाई सघाउने कार्यक्रम रहेको जनाइएको छ ।

तर हामी कति सचेत है ? हाम्रो सरकार दिनमा १२ घण्टा loadshedding गरेर संसार भरिका देशहरुलाई दबाब दिईरहेको छ. सरकारको मौसम परिबर्तन सम्बन्धी सचेतना देखेर म पनि छक्क पर्छू . हाम्रो सरकार यत्ति बिघ्न दूरदर्शी छ भनेर कसले सोचेको थियो होला र ? हुन पनि कोपेनहेगन गएको सरकारी लावा लस्कर देखेर मलाई हो की जस्तो त लागेको थियो तर अब चाहि पुरै प्रमाणित भयो. सरकारको यो कदम लाई म हार्दिक स्वागत गर्छु र १२ घण्टा मध्येको कुनै १ घन्टा लाई मेरो तर्फ बाट ब्लाक आउट घोषणा गरिदिन अनुरोध गर्दछु .

Advertisements

2 Responses to “गर्ने हैन त ब्लाक आउट ? : आज संसारभर ‘ब्ल्याक आउट’ गरिने”

  1. karmath said

    sachi yo black out kati baje garne ho?

  2. Anil Pokhrel said

    Haami Nepali ta 12 ghanta loadshading ma baschhau.
    hamra lagi ta 12 ghanta black-out nai ho ni!
    haina ta Ganesh Jee?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s