नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

रामदेवले भने, “बुद्ध नेपालमै जन्मिएका हुन्”

Posted by नेपाली मुटु on March 26, 2010

भोली देखि काठमाण्डौको टुडिखेलमा योग प्रशिक्षण दिन आएका रामदेवले काठमाण्डौ टेक्ने बित्तिकै पत्रकार सम्मेलन गरेर आफु नेपाल आएको जनाएका थिए । यसै क्रममा उनले नेपालको सास्कृतिक तथा जैविक सम्पदाको प्रशंसा गर्दै भने, “नेपाल जैविक रुपमा एकदमै सम्भावना बोकेको मुलुक हो । यहाँ पाइने जडिबुटि संसारकै दुर्लभ र उन्नत छन् ।” एक प्रसगंमा उनले भने, “भगवान गौतम बुद्ध नेपाल मै जन्मिएका हुन् । भारतमा बुद्ध जन्मिएको भन्ने प्रचार भारतको कुटिल र घृणित चाल मात्र हो ।” नेपाली राजनितीमा पनि उनको चासो र जानकारी थाहा पाउन सकिन्छ । उनले नेपाली भाषा प्रयोग गरेरै भने, “नेपाल लोकतान्त्रिक गणतन्त्रमा गएको छ । वास्तवमै राजतन्त्र भन्दा लोकतन्त्र धेरै नै राम्रो हो । नेपाली जनताको यो कदमलाई म सम्मान गर्दछु ।” गिरिजा प्रसाद कोइरालाको मृत्युले आफु स्तब्ध भएको भन्न उनले छुटाएनन् ।

भारतले पहिले देखि नै भारतमा बुद्ध जन्मिएको गलत प्रचार गरिरहेको छ । भारतबाट छापिने पत्रपत्रिका हुन् या पुस्तकहरु बुद्ध भारतमा जन्मिएका भनि लेखिएको पाइन्छ । Google ले केहि समय अगाडि बुद्धको जन्म स्थान भारत भनेर देखाएको थियो । एउटा हिन्दी चलचित्रमा बुद्ध भारतमा जन्मिएको भने पछि नेपालमा उठेको बिरोध पछि मात्र त्यस चलचित्रका निर्देशकले माफी मागेका थिए । तर उनले त्यसबेला भनेको कुराले पनि प्रमाणित गर्छ कि भारत सुनियोजित रुपमा नै गलत प्रचार गरिरहेको छ । निर्देशकले भनेका थिए, “प्राविधिक गल्तिको कारण अन्य देश पठाएको प्रिन्ट नेपाल पुगेछ ।” यसको मतलव नेपाली नागरिकलाई झुक्याएर संसार भरि गौतम बुद्ध भारत जन्मिएको गलत प्रचार गर्न भारत हरतरहले लागिरहेको छ । केहि हद भए पनि भारतको यो दुस्प्रयासलाई रामदेवले रोक्ने प्रयास गरेका छन् ।

पतञ्जली योगपिठले गर्न लागेको योग शिविरमा सहभागि हुन उनी आफ्ना बिशेष सहयोगी आचार्य बालकृष्णसँग आएका हुन् । यो शिविरबाट हजारौं मानिसहरु लाभान्वित हुने कुरा रामदेवले बताएका छन् । उनले भने, “योगबाट जीवन समृद बन्छ ।” आफ्नो लागि नेपाल भ्रमण सँधै प्रिय हुने कुरा बताउँन पनि उनि चुकेनन् । उनको योग शिविर छ दिन सम्म चल्नेछ ।

Bookmark and Share

Advertisements

One Response to “रामदेवले भने, “बुद्ध नेपालमै जन्मिएका हुन्””

  1. Rajib Khatry said

    म भाग्य मानि छु जुन देशमा भगवान कृष्ण बुद्ध र राम जन्मिए म त्यहि देशमा जन्मिन पाएकोमा यो भनाइ उही राम देव बाबा को थियो जसले आफ्नु एक पुस्तकमा भनेका छन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s