नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

फेरी बोल्यो ज्ञानेन्द्र : राजसंस्था सकिएको कुरा hypothetical मात्रै

Posted by नेपाली मुटु on March 24, 2010

“राजसंस्था सकिएको छैन रे. जानकी मन्दिरमा मेरो यसरी जय-जयकार गरे कि म त चकित भए. राजसंस्था सकिएको कुरा त hypothetical मात्रै पो रहेछ” ज्ञानेन्द्र एस्तो बरबराउन थाल्यो .

“जनता मसँग रिसाएका मात्रै छन, मैले गल्ति गरेकै हो, यसैले जनताले मलाई पाठ पढ़ाएका मात्र हुन. राजा भनेका अभिभावक हुन भन्ने जनताले कहिले पनि बिर्सिने छैनन. देशमा शान्ति-सुरक्षा हुन्छ भनेर मात्रै हामीले छोडेका हौ ” ज्ञानेन्द्रको यो बोली सुन्दा लाग्छ, जनताको मनमा छारो हाल्न सक्छु भन्ने उनमा अनौठो आशा अझै बांकी रहेछ. जनता जागेको कुरा हाम्रो पैसाले उभ्याएको उनको महलको पर्खालले छेल्छ क्यारे.

हो, गिरिजा प्रसाद कोइराला को निधनले केहि अफ्ठ्यारो परेको छ तर नेपालको अस्तित्वमै शंका गर्न पछि परेका छैनन नेपाली media हरु. एक जनाको काँधमा मात्र बसेको हुन्न देश. राजा महेंद्र आफु संगै नेपाल सकिन्छ भन्ने सोच्थे रे, अनी लेखेका हुन रे; ” म मरे पनि मेरो देश बांचीरहोस” आज नेपाली media हरु गिरिजाका प्रेमीहरुलाई यही गीत गाउन बाध्य बनाउन खोज्दैछन, गिरिजा मरे पनि उनको देश बाचिरहोस.

यो देश गिरीजाको पनि थियो र, उनी थिए पांच पल्टसम्म प्रधानमंत्री भएका नेता. उनका लागि हामीले गर्ने नै हो भने धेरै कुराहरु बांकी छन, संबिधान लेखौ, गणतन्त्र संस्थागत गरौ, देशलाई विकशित बनाऔ, यो देश हाम्रो हो, हाम्रो नै बल र बर्कतले यसको मुहार फेर्नु छ, गिरिजा गए अब सबै संगै गयो भनेर कोकोहोलो गर्नु न उनी प्रतिको श्रदांजलि हुन्छ न त यसले कुनै निकाश दिन्छ, हामी आत्तिएका ठानेर नै ज्ञानेन्द्र बोल्न सकेको हो.

प्रमाणित गरौ हामी अझै उतिने शक्तिशाली छौ, जति ज्ञानेन्द्रलाई नारायणहिटीबाट निकालेर देशको झण्डा फहराएको बेला थियौ. हामीले नचाहिने त्यों राजतन्त्रको बोझ फालेकै हौ, सधै सधैको लागि. र,यो hypothetical मात्रै हैन.

Advertisements

3 Responses to “फेरी बोल्यो ज्ञानेन्द्र : राजसंस्था सकिएको कुरा hypothetical मात्रै”

  1. jisbin said

    फेरी राजतन्त्र फर्केर त आउदैन तर लाग्छ अफ्ठ्यारो ठाऊको पिलो जस्तो हुने भयो नेपालीको लागि.

  2. prem said

    मित्र हाम्रो दुखको दिन पनि सारै लामो रहेछ, जती सकिन लाग्यो भन्यो उती लामो हुन्छ. गिरिजा थिए एक जना घरी घरी grand design भनेर तर्साउने अब ति नरहे पछि ज्ञानेन्द्र दादा भर निस्केको होला नि, कै छैन यो पनि तह लाग्छ,

  3. mohan baral said

    kaag karaaudai garchha pina sukdai garchha.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s