नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

यस्तै तालले बन्ला त संबिधान ?

Posted by नेपाली मुटु on March 9, 2010

संविधान लेखनको कार्यतालिका मंगलबार दसौं पटक संसोधन भएको छ । अपरान्ह तीन बजे बस्ने संविधानसभाको बैठकले कार्यतालिका संसोधन गरेको छ । यसअघि विभिन्न शीर्षकमा संविधान लेखनको समय विभाजन गरिएको थियो । संवैधानिक समितिलाई नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्न माघ २१ देखि फागुन २१ गतेसम्मको समयाबधी दिइएको थियो । विषयगत समितिका प्रारम्भीक मस्यौदा प्रतिवेदनमा रहेका विवादित विषयलाई समाधान गरी संवैधानिक समितिमा पेश गर्न प्रतिवेदन अध्यययन समितिलाई जिम्मा दिइएपनि प्रमुख दलहरुबीचको आ-आफ्नै अडानले विवाद समाधान हुन सकेको छैन । दलहरुबीचको विवादका कारण ११ वटा विषयगत समितिमध्ये २ वटा समितिको प्रारम्भीक मस्यौदा प्रतिवेदन मात्र संवैधानिक समितिमा पेश भएको छ । दुई वटा प्रतिवेदनबाट मात्रै संविधान लेखनको सुरुवात गर्न नसकेर संवैधानिक समिति बेरोजगार जस्तै भएको छ । संविधान लेखनको अवधि अब ७९ दिन मात्र बाँकी छ ।

तर नेताहरुको टाउको ठोकाई चाँही बंद हुने छाटकाट देखिएको छैन. अब त झन सानो संबिधान लेख्नु पर्छ भनेर पो कुर्लिन थाले. यस्तै हो भने नयाँ संबिधान हैन त्यही ०४७ को संबिधानलाई नै टिपेक्स लगाएर नयाँ संबिधान बनायौ भन्न बेर लगाउदैनन.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s